१५ बैशाख २०८१, शनिबार
नेल्टा बाँकेको आयोजनामा अग्रेजी भाषामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न


बाँके जिल्ला स्तरीय अंग्रेज़ी भाषाको निवन्ध लेखन प्रतियोगिता आज कोहलपुर नगरपालिकामा सप्पन्न भएको छ। अङ्ग्रेजी शिक्षकहरु आवद्ध सस्था नेल्टा बाँकेको आयोजनामा “भावी पुस्ताका लागि पृथ्वी जोगाउन मानवीय कृयाकलापमा पुर्नबिचार ” शिर्षकमा निबन्ध लेखन कार्यक्रम गरिएको हो।

बाँके जिल्लाभरी बाट जम्मा ७ वटा बिधालयबाट छात्रछात्रा गरि १३ जना बिद्यार्थि भाइबहिनिहरुहरुले सहभागीता जनाएको नेल्टा बाँके का अध्यक्ष तर्क बहादुर खत्रीले जानकारी गराएका छन् । निबन्ध लेखन कार्यक्रम कोहलपुर नगरपालिकाका सामाजिक बिकास शाखा संयोजक इश्वरी प्रसाद बिकको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रमुख अतिथि रहेका बिकले नेल्टा बाँकेले गरेको कार्यक्रम एकदमै राम्रो रहेको र यस्ता अतिरिक्त कार्यक्रमहरुले विद्यार्थी भाईबहिनिहरुमा हौसला प्रदान गर्ने बताएका छन् । यस्तै कार्यक्रमका बिशिस्ट अतिथी कोहलपुर नगरपालिका शिक्षा शाखा प्रमुख रामबहादुर हमालले निबन्ध लेखन कार्यक्रमले विद्यार्थी भाईबहिनिहरुको लेखन कला वृद्धि गर्न सहयोग गर्ने र यस्ता अतिरिक्त क्रियाकलापहरुले पढाइ लेखाईमा उर्जा थप्ने गरेको बताउदै नेल्टा बाँकेलाई धन्यवाद समेत दिएका थिए।

निबन्ध लेखन कार्यक्रममा प्रमुख निर्णायकको भुमिका निर्वाह गर्ने वागेश्वरी बहुमुखी पब्लिक क्याम्पसमा प्राध्यापनरत अङ्ग्रेजी बिषयका बिज्ञ प्रमोद सुबेदीले बाँके जिल्लाबाट पहिलो द्वितीय र तृतीय हुने निवन्धहरु लुम्बिनी प्रदेश स्तरिय प्रतियोगिताकालागी पठाईने बताएका छन् । निबन्ध लेखन कार्यक्रममा तक्षशिला एकेडेमीकि छात्रा निलम खड्का प्रथम , ग्रीन पिस माबी चपरगौडीकि छात्रा कृसा दहाल द्वितीय र तक्षशिला एकेडेमीकै मृगाक्षी रावत तृतीय र सगरमाथा ज्ञानकुन्जकि छात्रा दिलमाया बिसि सान्त्वना भएका छन् । कार्यक्रममा नेल्टा बाँकेकि सदस्य बिन्दु सुवेदी र ग्रीनपिस माबिका पिन्सिपल बिष्णु बिक्रम शाहिको उपस्थिति रहेको थियो।

Nabintech