१४ बैशाख २०८१, शुक्रबार
बैजनाथमा ४ सय २२ जनामा मोतियाबिन्दु


बैजनाथ गापालिकाले पालिका स्तरमा गरेको आँखा शिविरबाट ४ सय २२ जनामा मोतियाबिन्दु बिरामी फेला परेका छन । पौष ३ गतेदेखि १२ गते सम्म बैजनाथ गाउपालिकमा रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा सञ्चालित आँखा शिविरहरुमा एक हजार आठ सय सोह्र जनाले आँखाको निस्शुल्क परीक्षण गराएका थिए । यसरी परीक्षण गराउने क्रममा ४ सय २२ जनामा मोतियाबिन्दु पत्ता लागेको बैजनाथ गाउपालिका वडा नं ७ का वडाअध्यक्ष दिनेश थारुले बताए ।

मोतियाबिन्दु पत्ता लागेका आँखाका विरामीहरुलाई नेपालगञ्ज स्थित फत्तेबाल अस्पतालमा रिफर गरिएको छ । अस्पतालले मोतियाबिन्दुको निस्शुल्क उपचार गर्ने जनाएको छ । बैजनाथ गाउपालिका र फत्तेवाल आँखा अस्पताल नेपालगञ्जको समन्वयमा बैजनाथ गाउपालिकाका जेष्ठ नागरीकहरुलाई निस्शुल्क आँखा जाँच गरिएको हो । समयमा आँखा जाँच नर्गदा जटिल खालका मोतियाबिन्दु हुन गई अन्तिममा आँखाको जटिल शल्यक्रिया नै गर्नुपर्ने भएकाले बेलैमा सचेत भएर आँखाको परीक्षण गर्नुपर्ने चिकित्सकहरु बताउछन ।

Nabintech