१४ बैशाख २०८१, शुक्रबार
३५ दिनभित्र निर्वाचन खर्च बुझाउन आयोगले गरायो सचेत


निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको छ । आयोगले मंगलबार सूचना प्रकाशन गर्दै मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा विजयी भएका तथा नभएका उम्मेदवारलाई ३५ दिनभित्र निर्वाचन खर्च बुझाउन सचेत गराएको हो ।

आयोगका अनुसार उम्मेदवारले निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन खर्च बुझाउनु पर्ने छ । निर्वाचन खर्च विवरण समयमा नबुझाउने उम्मेदवारलाई कानुन बमोजिम जरिवाना हुने आयोगले जनाएको छ ।

 

Nabintech