१४ बैशाख २०८१, शुक्रबार
स्थानिय उत्पादन प्रयोग गर्ने निती नबन्दा धेरै उद्योग धरासायी : सिमेन्ट उद्योगी अग्रवाल


स्थानिय उद्योगहरुलाई प्रबद्धन गर्ने निति नहुदा बाँके जिल्लामा पश्चिम नेपालमा सबैभन्दा पहिले स्थापना भएको सिमेन्ट उद्योग धरासायी बन्ने अवस्थामा पुगेको छ ।

२०५५ सालमा बाँकेको गनापुरमा स्थापना भएको जय मंगलम सिमेन्टका सञ्चालक सञ्जय अग्रवालले उत्पादन क्षमता र गुणस्तरीयता हुँदाहुदै पनि बर्षेनि उत्पादन घटाउदै जानु परेकोले व्यवासायी मारमा परेको बताए । उनले दैनिक १० हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भएपनि हाल त्यसको ३० प्रतिसत मात्रै उत्पादन गर्दै आई रहेको बताए । क्षमता अनुसार उत्पादन गर्न नपाउदा, जनशक्ति लगायतका सामाग्रि उहि स्केलमा राख्नु पर्ने भन्दै कम्पनीलाई भार परेको बताए ।

आर्थिक मन्दीका कारण झण्डै ५० प्रतिसतको हाराहारीमा सिमेन्टको खपतमा कमि आएको भएपनि स्थानिय सरकार र प्रदेश सरकारले स्थानिय उत्पादनलाई प्रथमिकता दिए उद्योगहरुलाई केही राहात हुने अग्रवालको भनाई छ । आफुले २०५५ सालमा नेपालगंजमा सिमेन्ट उद्योग स्थापना गर्द नारायणघाट भन्दा पश्चिम कुनै सिमेन्ट उद्योग नभएको सञ्चालक अग्रवालको भनाई छ ।

२०५५ भन्दा अघीसम्म भारतिय सिमेन्ट आयात गरेर बिक्रि गर्दै आएका अग्रवालले स्वदेशमै सिमेन्ट उद्योग खोल्ने सोच बनाएका थिए । तत्कालीन अवस्थामा भारतिय कच्चा पदार्थमा भर पर्नु परेपनि हाल अत्याधिक रुपमा स्वदेशी कच्चा पदार्थको प्रयोग गरेर गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको उनको भनाई छ । जय मंगलम सिमेन्टले २ वटा ब्राण्डको पि पि सि र ३ वटा ब्राण्डको ओपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । यति, गौरव, स्टार, रक स्ट्रोङ लगायतका ब्राण्डहरु उत्पादन गर्दै आई रहेको अग्रवालको भनाई छ । बर्दिया, सुदुरपश्चिम र मध्यपश्चिमका अधिकाँस जिल्लाहरुमा ठुला तथा साना निर्माण कार्यहरुमा आफ्नो सिमेन्ट प्रयोगमा आउने भएपनि बाँके जिल्लामा हुने बिकास निर्माण लगायतका काममा अन्यत्र उत्पादन भएका सिमेट प्रयोग हुने गरेको उनको गुनासो छ ।

 

गुणस्तरीयताका सबै मापदण्डहरु पुरा गरेको भएपनि स्थायिनस्तरमा आफ्नो उत्पादन प्रयोग नहुनु दुखद भएको उनले गुनासो गरे । जिल्लामा स्थापना भएको उद्योगले यस क्षेत्रमा रोजगारी बढाएको, आर्थिक गतिबिधी बढाएको उनको भनाई छ । बिगतमा भारतिय सिमेन्टसंगको प्रतिस्प्रर्धामा आफुहरु खरो उत्रेको सम्झदै उनले आफ्नो ब्राण्डले गुणस्तरीयता एन एस मार्क प्राप्त गरेको उनले बताए । सुरुवात देखी हालसम्म बर्दियामा सञ्चालित बबई सिचाई आयोजनामा आफुहरुको सिमेन्ट प्रयोग भएपनि जिल्लामा सञ्चालीत सिक्टा लगायतका ठुला आयोजनामा आफ्नो सिमेन्ट प्रयोग नहुनु दुखद भएको अग्रवालको कथन छ ।

उनले २०५५ सालमा ४ करोड बाट सुरु गरेको उद्योगमा पछिल्लो समय प्रबिधी र गुणस्तरीयता बढाउदै लगेर झण्डै ५० करोड लगानी पुर्याएको बताए । उनले हाल सोहि क्षमताको उद्योग स्थापना गर्न भण्डै १०० करोड लगानी आवश्यक पर्ने धारणा समेत राखे । बाँके जिल्लामा अन्य प्राकृतिक श्रोतहरु नुहदा उद्योग स्थपनामा जोड दिनु पर्ने व्यवसायी अग्रवालको भनाई छ । उनले उद्योगका स्थापना गरी रोजगारी सृजना गर्न सके मात्रै आर्थिक क्षेत्रले गति लिने बताए ।

उद्योगलाई प्रबद्धन गर्ने निति नबन्नु, बनेका नितीहरु छोटो सयममा परिवर्तन हुनुले पनि ब्यवसाय धरासायी हुदै गएको अग्रवालले बताए । दलहरुले पनि पछल्लो समय मजदुरका मात्रै वकालत गर्ने तर रोजगार सृजना गर्ने उद्योगीका कुरा कम सुन्ने गरेको उनको गुनासो छ ।

Nabintech