६ चैत्र २०८०, मंगलवार
कुखुरा पालक व्यावसायी संघद्धारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र


बाँके /कुखुरा पालक व्यावसायी संघले जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाएको छ । भारतीय सिमा नाकाबाट अवैध रूपमा दैनिक ५० देखी ६० क्वीन्टलको हाराहारीमा कुखुरा तथा तयारी अवस्थामा मासु ओसारपसार भएको भन्दै बिहीबार संघले ज्ञापनपत्र बुझाएको हो ।संघका अनुसार साईंगाउँ, सैनिक, नरैनापुर, बनियाँ गाउँ , भोजभगवानपुर, शितापुरी नाका, मानखोला, सुय्या बगौढा, जमुनाह नाका लगायतको क्षेत्रबाट कुखुरा तथा मासु भित्र्याइएको छ । भारत संग जोडिएका अधिकाँश नाका तथा खेतको बाटो भएर कोहलपुर, नेपालगञ्ज, खजुरा, लगायतको बजारमा रहेका फ्रेस मासु पसल तथा होटलहरुमा पुर्‍याइएको सँघका अध्यक्ष ईश्वरी प्रसाद सुवेदीले बताए ।

सुवेदीका अनुसार अवैध रूपमा यतिको मात्रमा मासु तथा कुखुरा ओसारपसार हुँदा स्थानीय पोल्ट्री फार्महरुलाई सास्ती भएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सँघले नियन्त्रण गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ हरी प्याकुरेलले प्रशासनको गम्भीर ध्यानाकर्षण भएको र समयमै नियन्त्रण गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । उनले जिल्ला भित्र अवैध रूपमा हुने सम्पुर्ण कारोबारलाई ब्यवस्थापन गर्ने बताए ।

Nabintech