१४ बैशाख २०८१, शुक्रबार
दलित समुदायको एउटै स्वर : अथक र फुलारम लाई बिजयी गराउछौ


बाँके क्षेत्र नं १ ख का दलित अगुवाहरुले बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवारहरु लाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन । कोहलपुरमा भेला भएका दलित अगुवाहरुले अहिलेको अवश्यकता गठबन्धन नै भएको भन्दै मुख्य दलहरु मिलेर अहिलको समस्या समाधान हुने बताए ।
दलहरु मिलेर आउदा हामि खुसी छौ , उनिहरुले भने । परिर्वतनका लागी लडेका दलहरु एउटै मोर्चा बनाएर चुनावमा आउनु लाई राम्रो रुपमा लिनु पर्ने उनिहरुको भनाई थियो ।


कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार महेश्वर जंग गहतराज अथकले सबैको अधिकार रक्षाका लागी गठबन्धनले काम गर्ने बताए । बिगतमा दलित भुमिहीन लाई राज्यले एक पटक अनिवार्य जमिन दिने निती लिएको भन्दै त्यसलाई कार्यन्यन गर्नपनि गठबन्धनका सरकार अवश्यक रहेको बताए । समाज बिकासमा दलित समुदायको ठुलो योगदान रहेको भन्दै अव राष्ट्र निर्माणका लागी योगदान गर्न गठबन्धनका उम्मेदवार लाई बिना सर्त मतदान गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले उल्पिडीत समुदायका पक्षमा आफु रहेको भन्दै आफु लाई बिजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने , अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियार , दलित नेता कृष्ण बिक ,अमर बिक शिव सुनार लगायतले बोलेका थिए ।

Nabintech