१४ बैशाख २०८१, शुक्रबार
नरैनापुरबासीको प्रतिबद्धता : गठबन्धनका उम्मेदवार लाई भोट


बाँके क्षेत्र नं १ अन्र्तगत नरैनापुरका का स्थानियले बिजुली र सडक सञ्जाल संग जोडने लाई भोट दिने बताएका छन ।
बिहीवार नरैनापुर गाँउ पालिका वडा नं १ मा आयोजित घरदैलो तथा जनभेटघाटका क्रममा स्थानियले यस्तो बताएका हुन । उनिहरुले प्रतिनिधी सभा सदस्य अथक र नमुनाका कारण नरैनापुर सडक सञ्जालमा जोडिएको र बिद्युतिकरणका काम सम्पन्न भएको भन्दै बिकासको थप आधार तयार र सम्बृद्धिका लागी गठबन्धनका साझा उम्मेदवारहरु लाई विजयी गराउने बताएका हुन ।
उनिहरुले पिछडीएको क्षेत्रको विकास लाई प्रथमिकतामा राख्ने नेताहरु अथक र नमुना भएको भन्दै उनिहरु लाई पुन एक पटक संघ र प्रदेश सभाको सांसद बनाउन चाहेको उनिहरुको भनाई थियो ।
अथक र नमुना कै कारण राप्ती नदिको कटान तथा डुवान नियन्त्रण गर्न गुरु योजना निर्माण भएको भन्दै सोही कारणले डुवान र कटान नियन्त्रणमा आएको भन्दै खुसि व्यक्त गरेका थिए ।
जन भेटघाट पछि बोल्दै प्रतिनिधी सभा उम्मेदवार महेश्वर जंग गहतराज अथकले जनताको उत्साहपुर्ण सहभागीताले आफु खुसि भएको भन्दै जनता संग गरिएको बचन खेरा नजाने बताएका छन् । उनले नरैनापुरमा ईलाका प्रशासन कार्यलय स्थापना , नापि तथा मालपोत कार्यलय स्थापना , कृर्षि हवको रुपमा बिकास गदै लगिने धारण समेत राखे । उनले नरैनापुर देखी अघैया जोडने सडक निर्माण , पुर्बी नहर लगायतको कम सम्पन्न गर्न , नरैनापुरमा छोटी भन्सार कार्यालय स्थपना गर्न गठबन्धनका उम्मेदवारहरुले जित्नु पर्ने धारणा राखे ।
प्रदेश सभा सदस्य उम्मेदवार नमुनाले आफु जनताको बिचमा रहेर जनताको काम गर्ने बताईन । उनले सम्बृद्ध नरैनापुर बनाउने अभियान लाई पुर्णता पुर्याएर चाडने बताएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका युवा नेता एंव निर्वाचन परिचालन समितीका बाँके क्षेत्र न का संयोजक नरेन्द्र न्यौपाने , नेपाली काँग्रेसका युवा नेता पोषण केसीले केन्द्रको निती अनुसार गरिएको गठबन्धनका उम्मेदवार लाई अत्याधिक मतले बिजयी गराउन अपिल गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका नरैनापुर गाँउपालिका अध्यक्ष राज कुमार मौर्य लगायतको सहभागीता रहेको थियो ।

 

Nabintech