१४ बैशाख २०८१, शुक्रबार
बाम लोकतान्त्रिक गठबन्धन बाँके १ : ३० वटै वडामा घरदैलो ,स्थानियको उत्साह जनकसहभागीता


बाम लोकतान्त्रिक गठबन्धन बाँके क्षेत्र नं १ ले एक साथ ३० वटै वडामा घर दैलो तथा जन भेटघाट सुरु गरेको छ ।
३० वटै वडामा निर्वाचन परिचालन समिती गठन गरेको पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धन आफ्ना प्रतिबद्धता सहित जनताको घर दैलोमा पुगेका छन ।
घरदैलो तथा जन भेटघाटका क्रममा जनताका गुनासो र सुझावहरु संकलनहरु समेत गरेका छन ।
गठबन्धनका उम्मेदवार बाहेक कार्यक्रर्ताहरु पनि सक्रिय रुपमा चुनाबि गतिबिधीमा खटिएको निर्वाचन परिचालन समितीका बाँके क्षेत्र नं १ का संयोजक नरेन्द्र न्यौपानले जानकारी दिए । निर्वाचन परिचालनका लागी प्रदेश स्तरमा बाँके १(१) मा पट्टु थारु र १(२) का लागी बलराम शर्मा संयोजक रहेको निर्वाचन परिचाल समितीले काम गरिरहेको छ ।


प्रदेश निर्वाचन परिचालन समितीका संयोजक बलराम शर्माले गठबन्धका चुनाबि कार्यक्रमहरु उत्साह जनक रुपमा भई रहेको बताएका छन ।
वडा , नगर र क्षेत्र स्तरका सम्पुर्ण नेता कार्यक्रर्ता चुनाबि प्रचार अभियामनमा होमिएको उनले जानकारी दिए ।
बाँके १(१)का निर्वाचन परिचालन समिती संयोजक पट्टु थारुले उक्त निर्वाचन क्षेत्रमा गठबन्धका एकलौटी प्रचार अभियान चलिरहेको जानकारी दिए । अन्य दलको गतिबिधी नगन्य छ गठबन्धनका पक्षमा एक लौटी उभार छ उनले भने ।
सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा माओवादीको बर्चस्व रहेको क्षेत्र रहेकाले अन्य दलको उपस्थिती नरहेको उनले बताए ।

 

 

Nabintech