१४ बैशाख २०८१, शुक्रबार
भवानियापुर र बिनौनामा खुले वाम–लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कार्यालय 


राप्तीसोनारी गाउँ पालिका वडा न ३ भवानियापुर र वडा न ५ बिनौनामा वाम–लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालनमा ल्याएको छ । गठबन्धनको निर्वाचन क्षेत्र नम्बर १ (क) अन्तर्गत शुक्रबार वडा स्तरीय संयुक्त निर्वाचन परिचालन समितिको कार्यालय सञ्चालन आएका हुन ।

कार्यालयको गठबन्धनबाट क्षेत्र नम्बर १ (क) की उम्मेदवार कृष्ण केसी (नमुना)ले उद्घाटन गरेकी थिइन् । सो अवसरमा बोल्दै उम्मेदवार नमुनाले गठबन्धनमा रहेका उम्मेदवारलाई विजयी गराउनको लागि लागिपर्न गठबन्धनमा आवद्ध रहेका दलका नेता कार्यकर्तालाई आग्रह गरेकी थिइन् । अघिल्लो कार्यकालमा समेत आफुले राप्ती सोनारी र नरैनापुरको विद्युतीकरण, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गरेको बताइन् । उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस राप्तीसोनारीका , महिला नेतृ संगिता चौधरी नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पवन शाह लगायतका गठबन्धनमा आवद्ध रहेका दलहरुका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

Nabintech