१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर १ का स्थानीय भन्छन् : गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतले बिजयी गराउछौ


बाम गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं १ का उम्मेदवार महेश्वरजंग गहतराज अथकले आगामी ५ बर्ष बिकास र निर्माणको बर्ष हुने बताएका छन ।
अघिलो ५ बर्ष सिकाई र केहि बिकासको आधार तयार पारिएको भन्दै अथकले आगामी बर्ष बिकास र निर्माणको बर्ष हुने बताएका हुन ।
उनले सिहदरवार लाई चिनेको र यस क्षेत्रको बिकासमा प्रयोग गर्न सक्ने नेता लाई पुन एक पटक छनोट गर्न उनले आग्रह गरे ।
बाम लोकतान्त्रीक गठबन्धन बाँके १ अन्र्तगत कोहलपुर नगरपालिका वडा नं १ का अगुवा कार्यक्रर्ता लाई सम्बोधन गर्दै अथकले यस्तो बताएका हुन । उनले बिकासका आधार तयार पार्ने काम अघिल्ला बर्षहरुमा भएको भन्दै आगामी बर्ष बिकास र निर्माणको बर्ष हुने धारणा राखे । कोहलुर नगरपालिका वडा नं १ मा स्कुल भवन निर्माण , स्कुलहरुमा आई सि टि ल्याव निर्माण , बिभिन्न बाटोहरु कालोपत्रे निर्माण गरिएको भन्दै आगामी बर्षहरु बिकासका बर्षहरु हुने बताए ।
उनले संबिधानको पुर्ण पालकाका लागी गठबन्धन निर्माण गरेर चुनावमा होमिएको भन्दै गठबन्धन सरकारले भुमिहीन तथा सुकुम्बासीहरुको समस्या समाधान गर्ने धारणा राखे ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले संबिधानको रक्षा र बिकासका लागी गठबन्धन निर्माण गरिएको भन्दै निर्धक्क भएर गठबन्नका उम्मेदवार लाई जिताउन आग्रह गरे ।


बाँके क्षेत्र नं १ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थाई समिती सदस्य तथा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक गोलाकार भित्रको हसिया हथौडा चुनाव चिन्ह लिएर र बाँके १ ख मा नेपाली काग्रेसका युवा नेता फुला राम थारु रुख चुनाव चिन्ह लिएर चुनाबि प्रतिश्प्रर्धामा छन ।
कार्यक्रममा समानुपातिक उम्मेदवरहरु सञ्जु कुमारी थारु , बिष्णु कुमारी थारु , पबित्रा रोकाय लगायतले पनि बोलेका थिए ।
कार्यक्रममा कोहलपुर १ का स्थानियले गठबन्धनका उम्मेदवार लाई अत्यधिक मतले बिजयी गराई छाड्ने प्रतिबद्धता जनाएका थिए

 

Nabintech