१४ बैशाख २०८१, शुक्रबार
समाजबादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार माओवादी प्रवेश


नेकपा (एकीकृत समाजबादी)  का पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादीकी बाँके जिल्ला इन्चार्ज पूर्णाकुमारी सुवेदी र जिल्ला संयोजक डम्बर विक तुफानले उनलाई पार्टी प्रवेश गराएका हुन् ।

बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवार आकांक्षी सुनारले सत्ता गठबन्धनको सिट बाँडफाँडमा उक्त क्षेत्र कांग्रेसलाई परेपछि प्रदेशमै पनि चुनाव लड्ने जानकारी नेतृत्वलाई गराएका थिए । तर, उक्त क्षेत्र माओवादीको भागमा परेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

२०७० मा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका सुनार सिंचाई राज्यमन्त्री पनि भएका थिए । क्षेत्र नम्बर ३ को दलित समुदायमा सुनारको प्रभाव रहेको छ ।


माओवादी केन्द्रमा प्रबेश पछि बोल्दै नेता सुनारले परिर्वतनको संम्बाहक माओवादी भएकाले आफु माओवादी केन्द्र प्रबेस गरेको बताए ।
पार्टी प्रबेश पछि पार्टीले दिएको जिम्मेवारी पुरा गर्ने बताउदै उनले आफुले अन्य पार्टीमा भन्दा माओवादीमा ३ गुणा क्रियासील भएर काम गर्ने प्रतिक्रिया दिए ।

पार्टी प्रबेस पछि पनि आफ्नो उम्मेदवारी कायम रहेको भन्दै सुनारले आधिकारीक उम्मेदवारी बारे पार्टी केन्द्रको थप निर्णय गर्ने बताए ।
प्रबेश कार्यक्रममा बोल्दै माओवादी स्थाई समिती सदस्य पुर्णा कुमारी सुबेदीले अहिले सम्म पार्टीको आधिकारीक उम्मेदवार आई पि खरेल भएको भन्दै थप निर्णय भई नसकेको जानकारी दिईन ।

Nabintech