१५ बैशाख २०८१, शनिबार
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भब्य उद्घाटन


पोखरा/नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भव्य उद्घाटन भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले औपचारिक उद्घाटनको घोषणा गरे ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले झण्डात्तोलन गरे । यस्तै गण्डकी प्रदेशका ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गरे ।

उद्घाटनको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पठाएको शुभकामना सन्देश वाचन गरिएको थियो ।

यस्तै नवौंमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । कोभिड महामारी लगायत विविध कारणले ४ वर्षपछि राष्ट्रिय खेलकुद आयोजना भएको हो ।

नवौंमा यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।                                                  

Nabintech