१४ बैशाख २०८१, शुक्रबार
बाढी प्रभावितका समस्या प्रति केन्द्रित छु– नमुना


नेकपा माओवादी केन्द्रकी युवा नेतृ तथा निवर्तमान लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमूना) ले बाढी प्रभावित क्षेत्र राप्तीसोनारी गाउँपालिका वडा नं २ टिकुलीपुरमा स्थलगत निरिक्षण तथा बाढी पीडितहरु संग भेटघाट गरेकी छिन ।

लुम्बिनी प्रदेश सभा बाँके क्षेत्र नं १ (क) बाट उम्मेदवार समेत रहेकी केसीले मंगलबार टिकुलीपुरमा पुगेर स्थानीयहरु संग भेटघाट गरेकी हुन उनले बाढी प्रभावितका समस्या प्रति आफु केन्द्रित रहेको बताइन । राप्तीसोनारी र नरैनापुरका बासिन्दालाई उद्धारमा खटिएकी उनले बाढीका कारण क्षति भएको धानबाली तथा घरहरुको स्थलगत निरिक्षण गरेकी हुन । स्थानीयहरुको छलफलका क्रममा नमुनाले बाढीबाट पीडितलाइ क्षणिक राहत दिनुभन्दा राप्तीनदीमा प्रभावकारी तटबन्ध गरेर समस्या सामाधान गर्न तर्फ आफु केन्द्रित रहेको बताइन । अहिले तपाईहरु समस्यामा हुनुहुन्छ मलाइ थाहा छ तर पनि तपाइहरुका गुनासा सुन्न र सम्बधित निकाय सम्म पहल गर्न सोच बनाएर आइपुगेकी हुँ नमुनाले भनिन । टिकुलपुरका स्थानीयहरु वर्षेनीबाढी बाट पीडित हुने समस्याबाट मुक्ति दिलाइदिन आग्रह गरेका थिए ।
बाढीका कारण टिकुलीपुरका हरलाफाटा टोल, स्कुल डाडाँटोल, पुर्वटोल,पश्चिम टोल प्रभावित भएका छन । स्थानीयको धानबालीमा क्षति पुगेको छ । राप्ती नदीमा आएको बाढी राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय घरधुरी विस्थापित भएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिएका छन ।

Nabintech