१४ बैशाख २०८१, शुक्रबार
बाँकेको नरैनापुर आसपासका क्षेत्र जलमग्न


बाँके / मंगलबार देखिको भएको लगातार वर्षाका कारण बाँकेको नरैनापुर आसपासका विभिन्न क्षेत्र जलमग्न भएका छन् । मुख्यगरी नरैनापुरको वडा नं. १ बनिया गाँउ, ४ को घोडदौरिया, ५ को जमुनहा, ६ को दोँदरा क्षेत्रमा रहेका घरहरुका पानी पसे पछि जनजीवन प्रभावित बनेको गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताएका छन् ।

गाँउपालिका अध्यक्ष शाहले वर्षाले नरैनापुर आसपासका विभिन्न वडाहरु जलमग्न हुनुका साथै दर्जनौं बढी घरमा पानी पसेको जानकारी दिए । उनले विभिन्न ठाउँबाट घरमा पानी पसेको गुनासो आइरहेको भएपनि प्रभाबितको यकिन तथ्याङ्क सकंलन गर्न वडा अध्यक्ष सहित आफू टोल, टोलको अनुगमन भई रहेको जानकारी दिए ।

वडा नं. ४ का अध्यक्ष मनोज शर्माले घोडदौरीया गाँउका १० वटा घरमा क्षति पुगेको बताउदै निरन्तर परीरहेको पानीले अझ बढी क्षति हुने सम्भावना रहेको सचेत हुन स्थानीयहरुलाई आग्रह गरे

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले भने कतिपय घरमा खोलाको पानी पसेको बताएका छन ।
नरैनापुर गाँउपालिका अध्यक्ष शाहले निरन्तर पानी परीरहेकोले सचेत हुन आग्रह गर्दै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बाढी प्रभावित क्षेत्रमा पुगी सकेको बताएका छन । बाढी प्रभावित बस्तीको अनुगमन गर्न वडा नं. १ का अध्यक्ष इसाक जोलाह, २ का मसूद अहमद शाह, ३ का अजय मिश्रा, ४ का मनोज शर्मा, ५ का कृष्ण चन्द्र मौर्य र ६ का प्रेम मौर्य टोलि सहभागी थियो ।

Nabintech