१६ मंसिर २०७९, शुक्रबार
सल्यानमा जीप दुर्घटना हुदाँ ८ को मृत्यु


सल्यान/सल्यानमा जीप दुर्घटना हुदाँ ८ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । राप्ती राजमार्ग अन्र्तगत सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानी र वनस्पती कार्यालयको विचको डाँडामा डवल क्याब जीप दुर्घटना भएको हो । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोटगाउँपालिकाको रिम तर्फ आउँदै गरेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

रा १ ज ५६३ नम्वरको डबल क्याब जीप विहान साँढेँ ३ वजे तीर दुर्घटना भएको हो । दुर्घटनामा ८ जना मृत अवस्थामा फेला परेका छन् भने एक जना गम्भिर घाइतेकोे उद्धार गरि उपचारका लागि तुलसीपुर पठाइएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।

Nabintech