१४ बैशाख २०८१, शुक्रबार
लुम्बिनी प्रदेशसभाका लागि कांग्रेसको बन्दसूचीमा बाँकेका आठ जना


नेपाली कांग्रेसले निर्वाचनमा आयोगमा बुझाएको लुम्बिनी प्रदेशसभा सदस्य तर्फको समानुपातिकको बन्दसूचीमा बाँकेका आठ जना परेका छन् । महासमिति सदस्य माया पुन आदिवासी जनजातीतर्फ दोस्रो नम्बरमा अटाएकी छिन् ।

लुम्बिनी प्रदेश कार्यसमिति सदस्य अञ्जना पाण्डे खसआर्यको सूचीमा छैठौं नम्बरमा पर्दा बाँके जिल्ला सचिव एवम् कोहलपुर नगरपालिकाकी निवर्तमान उपमेयर सञ्जुकुमारी थारु थारु थारु क्लष्टरमा एक नम्बरमा परेकी छिन् ।

यस्तै महाधिवेशन प्रतिनिधि संगिताकुमारी थारु तेस्रो नम्बरमा अटाएकी छिन् । जिल्ला सहसचिव विनोदकुमार थारु पुरुष थारुतर्फ दोस्रो नम्बरमा छन् ।

महाधिवेशन प्रतिनिधि मिनाकुमारी बोहरा सिद्धिकी मुस्लिम कोटामा एक नम्बरमा परेकी छिन् भने क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नक्की खाँ मुस्लिममा दोस्रो नम्बरमा छन् । जिल्ला सदस्य सुशिला बादी नेपाली अल्पसंख्यकबाट एक नम्बरमा छिन् ।

नेपाली कांग्रेसले असोज ३ गते बुझाएको सूचीमा आयोगले छानविन गरेको छ । आजदेखि १६ गतेसम्म त्रुटी सच्याउन समय दिइएको छ । लुम्बिनी प्रदेशबाट समानुपातिकतर्फ ३५ जना निर्वाचित हुन्छन् ।

 

Nabintech