१४ बैशाख २०८१, शुक्रबार
कालिकोट बाँके सम्पर्क समन्वय समिति गठन


बिहिवार कोहलपुरमा भएको एक भेलाले कालिकोट बाँके सम्पर्क समन्वय समिति गठन गरेको छ ।
प्रमोद न्योपानेको अध्यक्षतामा गठन भएको सम्पर्क समन्वय समितिको सचिबमा खेमराज आचार्य रहेका छन । समितिको सदस्यहरुमा हिक्मत न्यौपाने , धन प्रसाद चौलागाईं , नरेन्द्र बिक ,प्रजापति चौलागाईं ,राजन कुमार न्यौपाने , प्रतीक चौलागाईं ,हरि प्रसाद पोख्रेल , मनिस चौलागाईं भरत अधिकारि , महदिन सन्ज्याल ,जयलाल न्यौपाने रहेका छन । मुल घर कालिकोट भई बिभिन्न पेशा र व्यवसायमा रहेर अस्थाई रुपमा बसोवास गर्ने कालिकोटबासी लाई समेटने उदेश्यले कालिकोट बाँके सम्पर्क समन्वय समिति गठन गरेको महारुद्र आचार्य महानले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अथितिका रुपमा बोल्दै नेकपा माओवादी केन्द्र कालिकोट जिल्ला संयोजक लक्ष्मी प्रसाद चौलागाईं (सैलेन्द्र) बिभिन्न पेशा र व्यवसायमा क्रममा बाँकेमा रहनु भएका कालिकोट बासी संगठित हुनु खुसिको कुरा भएको बताए ।
उनले सम्पर्क समन्वय समिती लाई आगामी दिनमा अझ बिस्तार गर्दै बिभिन्न समस्यामा पर्ने कालिकोटबासी सहयोग गनु साथै समाजिक काममा जोडीन आग्रह गरे ।
कायक्रममा बोल्दै माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तुलाराज बिष्ट (बिहानि) सम्पर्क समन्वय समिती समाजिक र परोपकारी काममा जोडीन आग्रह गरे ।
कार्यक्रममा माओवादी केन्द्र कोहलपुरका कार्यवाहाक अध्यक्ष बल बहादुर खड्का , कानुन व्यवसायी जय कृष्ण न्यौपाने लगायतको सहभागीता रहको थियो ।

Nabintech