१४ बैशाख २०८१, शुक्रबार
राप्ती सोनारीका खोलानालामा जिल्ला समन्वय समितिद्धारा छड्के अनुगमन


जिल्ला समन्वय समिति बाँकेले मंगलबार गोप्य रुपमा राप्ती सोनारीको खोलानालाको अनुगमन गरेको छ । जिल्ला समन्वय समितिको प्रमुख ज्ञानेन्द्र चौधरीको नेतृत्वमा टोलीले टोलीले राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ स्थित मुगुवा खोला, शक्तिमाँ क्रसर उद्योग, राप्ती सोनारी प्रोसेसिङ प्रा.लि. लगायतको अनुगमन गरेको हो । अनुगमनका क्रममा अबैध उत्खननमा संलग्न रहेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा लिइएको समन्वय समितिका प्रमुख चौधरीले जानकारी दिए ।
टोली अहिले पनि अनुगमनमै रहेको बताइएको छ । नियमित रूपमा अनुगमन नहुँदा जिल्लाका नदी तथा खोलामा अबैध उत्खनन बढेको गुनोसो सुनिने गरेको छ । सोही गुनासोका आधारमा समन्वय समितिले मंगलबार छड्के अनुगमन गरेको हो । अनुगमन गर्दा गिट्टी बालुवा र ढुंगा चोर्नेहरुको भागदौड मच्चिएको थियो ।

राप्ती नदीमा जोड्ने विभिन्न खोलामा अनुमगन गर्दा व्यापक चोरी निकासी भएको पाइएको हो । टोलीले विभिन्न क्रसरमा अनुगमन गर्दा स्टक प्रमाणित बिना क्रसर चालु रहेको पाइएको हो ।
अनुगमनको क्रममा चोरी तस्करी हुँदै गरेको अवस्थामा २ वटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरी चौकी कचनापुरलाई समेत वुझाएको छ । अनुगमनको जानकारी दिएर जाँदा सुचना चुहिने भएकोले जिल्ला समन्वयको टोली गोप्य अनुगमन गरेको बताइएको छ ।

Nabintech