१४ बैशाख २०८१, शुक्रबार
बाँकेका स्थानीय तहको वार्षिक समिक्षा , नरैनापुरको प्रगति ९२ प्रतिशत


बाँके / स्थानीय तह तथा जिल्ला समन्वय समिति बाँकेको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अध्यक्षतामा सुरु भएको बार्षिक समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेसहित जिल्लाका ८ वटा मध्य ७ वटा स्थानीय तहले कार्य प्रगती प्रस्तुत गरेका थियो ।

बार्षिक समिक्षा कार्यक्रमको उद्दघाटन गर्दै संयोजक चौधरीले जिल्लाको स्थानीय तहले गरेको कार्य प्रगतिको समिक्षा गर्ने कार्यक्रममा बाँके डुडुवा गाँउपालिकाको उपस्थित नभएको र केही पालिका प्रमुखहरु समेत सहभागि नभएको भन्दै आक्रोश ब्यक्त गरेका थिए ।

संयोजक चौधरीले ६ वटा स्थानीय तहहरुको प्रगति सरदर ७५ प्रतिशत रहे पनि नरैनापुरको प्रगति ९२ प्रतिशत देखिएको भन्दै सबै स्थानीय तहलाई शत प्रतिशत विकासको रकम खर्च हुने गरी काम गर्न निर्देशन समेत दिए ।

उनले स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम र बजेट नियमित जिल्ला समन्वय समितिमा पठाउन आग्रह गरेका थिए । नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले नरैनापुर सुख्खा क्षेत्र घोषणा गरिएको उक्त क्षेत्रमा बिशेष कृषिका कार्यक्रम संचालन गर्ने बताए । उनले नरैनापुरको सबै विद्यालयमा इन्टरनेटको पहुच भई सकेकोले शिक्षालाई बिशेष प्राथमिकतामा राखेको जिकिर गरेका थिए ।

कार्यक्रममा नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह, जानकी गाँउपालिका अध्यक्ष छब्बन खाँ, बैजनाथ गाँउपालिका अध्यक्ष प्रकाश बहादुर शाही, नेपालगंजका उपमेयर कमरुद्दीन राई, खजुरा गाँउपालिकाकि उपाध्यक्ष मन्जु मल्ल, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशसकिय अधिकृत शिव प्रसार रिजाल, नरैनापुरका प्रमुख प्रशासयिक अधिकृत मणिराम खराल, खजुराका नृपराज उपाध्याय, जानकीका सिंहराज डाँगी, राप्तीसोनारीका हरि खत्री, बैजनाथका लेखा अधिकृत पूर्णप्रसाद जैसी, कोहलपुरका टिकाराम ढकाल लगायतले आ–आफ्नो पालिकाको प्रस्तुती गरेका थिए ।

 

Nabintech