१४ बैशाख २०८१, शुक्रबार
युवा तथा खेलकुद मन्त्री (अथक) ले गरे बिद्यालय भवनको उद्घाटन


बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नं १९ कण्ठिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन समुद्घाटन सम्पन्न गरिएको छ ।राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित विद्यालयको चार कोठे पक्की भवनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले उद्घाटन गरेका हुन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका अथकले सम्बोधन गर्दै बाँके जिल्लामा टिनका पाता हटाउने अभियान सञ्चालन गरेको बताएका छन । उनले आफ्नो कार्यकालमा झण्डै ५ हजार बिधार्थीलाई पक्की छानामा ल्याइएको जानकारी दिए । त्यस क्रममा उनले भने, ’एक सय बढी कोठा निर्माण भएका छन् ।

जिल्लाका विभिन्न ठाँउमा अझै काम गर्न आवश्यक रहेको बताए । समग्र विकासमा सडक पुर्वाधार, यातायात, खानेपानी लगाएत चासोका साथ अगाडी बढाउने छ ।खेलकुद भनेको राष्ट्रको लागि गहना हो । यस विद्यालयलाई शिक्षा क्षेत्रमा नमुनाको रुपमा चिनाउन सक्नु पर्छ । स्वास्थ्य र शिक्षामा पार्टी हेरिदैन ।’उक्त विद्यालयको लागि खेलकुद मैदान व्यवस्था गर्ने तथा माटो पटानको सहयोग गर्ने जानकारी समेत दिए ।

बिद्यालय ब्यास्थापन समितिका अध्यक्ष मन्सूर खांको अध्यक्षतामा समुद्घाटन कार्यक्रम सम्पन्न गरिएको थियो । मन्सूर खां सो बिद्यालयको अध्यक्ष भए पश्चात बिद्यालयको बृहत्तर बिकास भएको प्रधानध्यापक शंकर चन्दले जानकारी दिए । कार्यक्रममा बिशिष्ट अतिथि नेपालगन्ज वडा नं १९ का वडाध्यक्ष प्रशुराम बर्मा, विद्यालय संस्थापक अध्यक्ष बल बहादुर वली, अतिथि वडा सदस्य राम सुहावन कुर्मि, अमृता सिंह, सुनिता कोरी , विद्यालय व्यवस्थापन समिति सदस्य हिरालाल वि।क।, अफसर जहाँ साइ, सृजना बस्नेत, रुपा पुन शिक्षक, शिक्षिका स्थानीय लगाएको

Nabintech