१५ बैशाख २०८१, शनिबार
बाँके क्षेत्र नम्बर १ बाट खेलकुदमन्त्री ‘अथक’ सहित ७ को नाम सिफारिस

मन्त्री अथक सहित अशोक रोकाया, ओम प्रकाश केसी प्रयत्न , नरेश पौडेल, कृष्णा केसी नमुना, प्रकाश सुबेदी चन्द्रकान्त र नरेन्द्र न्यौपाने सिफारीस



आसन्न संघिय निर्वाचनकालागि बाँके क्षेत्र नं १ बाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक सहित ७ जना उम्मेदवार सिफारीस भएका छन ।
नेकपा माओवादी केन्द्र बाँके क्षेत्र नं १ समन्वय समितीको बैठकले मन्त्री अथक सहित अशोक रोकाया, ओम प्रकाश केसी प्रयत्न , नरेश पौडेल, कृष्णा केसी नमुना, प्रकाश सुबेदी चन्द्रकान्त र नरेन्द्र न्यौपाने लाई सिफारीस गर्ने निर्णय गरेको क्षेत्र नं १ कि संयोजक रेणुका खड्काले जानकारी दिईन् ।
मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट बाम गठबन्धनका तर्फबाट निर्वाचित भएका थिए ।
यस अघि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ ख ले प्रदेश सभाका लागी सर्बसम्मत रुपमा दामोदर अधिकारी लाई एकल उम्मेदवार सिफारीस गरेका छ , भने १ क बाट अमर बहादुर खड्का , सुर्य प्रकास घर्ति , चन्द्र प्रकाश शर्मा लगायत रहेका छन ।

Nabintech