१५ बैशाख २०८१, शनिबार
माओबादी केन्द्रद्धारा बाँके १ को प्रदेश सभाका लागी उम्मेदवार सिफारीस , ख मा सर्बसम्मत अधिकारी


नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बाँके क्षेत्र नं १ ख ले प्रदेश सभाका लागी सर्बसम्मत रुपमा दामोदर अधिकारी लाई एकल उम्मेदवार सिफारीस गरेको छ ।
आज बसेको प्रदेश समन्वय समितीको बैठकले अधिकारी लाई सर्ब सम्मत उम्मेदवार सिफारीस गरेको माओवादी केन्द्र कोहलपुर नगर समितीका अध्यक्ष अवराज खड्काले जानकारी दिए ।
अधिकारी जनमुक्ति सेनाका तत्कालीन बटालियन कमाण्डर हुन । पछिल्लो समय अधिकारी बिभिन्न सामाजिक संघ सस्थाहरुमा क्रियासील छन ।
बैठकमा माओवादी केन्द्रका स्थाई समिती सदस्यद्धय पुर्णा कुमारी सुबेदी र महेश्वर गहतराज अथकले पार्टी एकताबद्ध भएर चुनावी अभियानमा होमिन निर्देशन दिएका थिए ।
यस्तै मंसिर ४ मा हुने निर्वाचन लुम्बिनी प्रदेश सदस्य पदको लागि बाके क्षेत्र नं १ क बाट ५ जनाको नाम सिफारिस भएको छ ।

पार्टी प्रदेश समिती सदस्य अम्बर बहादुर खड्का , ध्रुब बिक्रम चन्द ,चन्द्र प्रकाश शर्मा ,सुर्य प्रकाश घर्ती र लुलुन अहमद मुकेरी को नाम सिफारीस गरेको राप्ती सोनारी गाँउपालिका अध्यक्ष चिम बहादुर घर्ति निर्मलले जानकारी दिए ।

 

 

Nabintech