१४ बैशाख २०८१, शुक्रबार
निर्वाचन केन्द्रीत हुन कार्यक्रर्ता लाई नेतृ सुबेदीको निर्देशन


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थाई समिती सदस्य एंव बाँके जिल्ला ईन्चार्ज पुर्ण कुमारी सुबेदीले मंसिर ४ लाई केन्द्रमा राखेर चुनावको तयारीमा जुटन कार्यक्रर्ता लाई निर्देशन दिएकी छन । माओवादी केन्द्र कोहलपुर नगर समितीको बैठक तथा १ महिने संगठन सुद्धढीकरण तथा जन सम्वन्ध अभियानको घोषणा कार्याक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले गठबन्धन गरेर चुनावमा होमिने निर्णय भई सकेकाले गठबन्धका उम्मेदवार लाई जित दिलाउने गरि लाग्न निर्देशन दिईन । संबिधानको रक्षा र समाजवादको आधार तयार गर्न नेपाली काँग्रेस सहितको गठबन्धन भएको भन्दै उनले केन्द्रबाट हुने निर्णयको दायाँ बायाँ गर्ने छुट कसै लाई नभएको बताईन ।
न्योचित तरिकाले पदहरुको भागबन्डा हुने उनको भनाई थियो । कार्यक्रममा बोल्दै माओवादी केन्द्र लुम्बिनी प्रदेशका सह सचिव अकल बहादुर वमले परिर्वतनका एजेष्डा बोकेको बार्टी कमजोर बने परिर्वतन संस्थागत नहुने भन्दै माओवादी बलियो बनाउन लाग्न कार्यक्रर्ता लाई दिर्नेशन दिए । उनले पछिल्लो समय जिल्लामा पार्टी भित्र कुनै पनि गुट उपगुट नभएको भन्दै कार्यक्रर्ता लाई बिधी र निती सम्वत तरिकाले अगाडी बढन निर्देशन दिए ।
कार्यक्रममा बोल्दै माओवादी केन्द्रका जिल्ला संयोजक एंव खजुरा गाँउ पालिकाका अध्यक्ष डम्वर बिक तुफानले कोहलपुर पार्टी कमिटी जिल्लामै उत्कृष्ट रहेको भन्दै प्रसंसा गरेका थिए । उनले नेतृत्वको केन्द्रीकरण रहेको कोहलपुर क्षेत्रले जिल्ला लाई सन्देश दिने गरेको भन्दै आगामी निर्वाचनमा पनि सोही भुमिकाको खाँचो रहेको बताए ।
बैठक तथा अभियान घोषणा कार्यक्रममा बोल्दै नगर अध्यक्ष अवराज खड्काले टोल, सेल कमिटी गठन पुर्न गठन , वडा कमिटी पुर्न गठन तथा बिस्तारीत बैठक , जनबर्गीय संगठनका भेला बैठक , समग्र कोहलपुर र क्षेत्र नं १ बिकास बारे बिभिन्न क्षेत्र संग अन्र्तक्रिया , बिगत ५ बर्षको अवधिमा पार्टी बिकासका क्षेत्रमा लिएका पहल बारे जनता लाई जानकारी गराउने लगायतका कार्यक्रम तय गरिएको जानकारी दिए ।
उनले यस पटक पनि बाँके क्षेत्र नं १ को नेतृत्व माओवादीले गर्ने बताउदै गठबन्धन दलहरु संगको सहकार्यमा चुनाबि अभियान लाई गति दिने जानकारी दिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोका सचिव असोक रोकाय , कोहलपुर नगर ईन्चार्ज तुलाराज बिष्ट बिहानी , क्षेत्र नं १ ख का प्रदेश संयोजक दामोदर अधिकारी सम्भव लगायतको सहभागीता रहेको थियो ।

सोमवार नै माओवादी केन्द्र बैजनाथ गाँउ समितीको बैठक तथा अभियान घोषणा कार्यक्रम गरिएको छ ।

Nabintech