१४ बैशाख २०८१, शुक्रबार
बलात्कार आरोपपछि बढैयाताल  ३ का वडाध्यक्ष फरार

पिडक ललन नेकपा एमालेको तर्फबाट २०७९ सालको स्थानिय निर्वाचनमा निर्वाचित वडाध्यक्ष



बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष ललन अहिर (यादव) एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा फरार भएका छन् । उनले एक महिलालाई करणी गरेको आरोपमा फरार भएको ईलाका प्रहरी कार्यालय मैनापोखरले जनाएको छ । वडाध्यक्ष ललन अहिर पिडित महिलाले किटानी जाहेरी दिएपछि फरार भएको प्रहरीको भनाई छ ।

पिडितले शुक्रबार ललनको विरुद्धमा किटानी जाहेरी दिएकी थिईन् । आफुलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी पिडित महिलाको मेडिकल चेक जाँच गरे उनलाई सेफ हाऊमा राखिएको प्रहरीले जनाएको छ । पिडक ललनलाई प्रहरीले फोन सम्पर्क गर्न खोज्दा उनको फोन स्वीच अफ हुनुका साथै उनी फरार प्रहरीको भनाई छ ।
फरार ललनको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । पिडक ललन नेकपा एमालेको तर्फबाट २०७९ सालको स्थानिय निर्वाचनमा निर्वाचित वडाध्यक्ष हुन् ।

Nabintech