१४ बैशाख २०८१, शुक्रबार
बाँके ३ ‘क’ र ‘ख’ बाट एमालेका ११ उम्मेदवार सिफारिस


बाँकेको प्रदेश सभा ३ क र ख बाट एमालेका ११ जना सिफारिसमा परेका छन् । प्रदेश सभा ३ ‘क’ बाट मात्र एमालेले ७ जनाको नाम सिफारिस गरेको छ । प्रदेश सभा ३ ‘क’ कार्यसमितिले शनिबार उनीहरुको नाम सिफारिस गरेर पठाएको हो ।

एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले दिएको जानकारी अनुसार प्रत्यक्षतर्फ मानबहादुर रुचाल ठकुरी , चन्द्र चौधरी, करिम खाँ, इन्द्र थापा, प्रेम सुवेदी, विश्वकान्त गौतम र पुनित शाहको नाम सिफारिस गरिएको छ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा उक्त प्रदेशमा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्र०का ईन्द्रप्रसाद खरेल(आईपी) निर्वाचित भएका थिए । उनले नेपाली कांग्रेसका उम्मेदवार चन्तराम थारुलाई पराजित गरेका थिए । तत्कालिन बाम गठबन्धनका उम्मेदवार खरेललाई एमालेले समर्थन गरेको थियो ।

यस्तै प्रदेश सभा ३ ‘ख’ बाट ४ जना सिफारिसमा परेका छन् । प्रत्यक्ष तर्फबाट डिल्ली बिसी, पदम धिताल, भिम ओली र मिरा खनालको नाम सिफारिस गरिएको हो । २०७४ सालको प्रदेश सभा निर्वाचनमा उक्त प्रदेशमा एमालेका बाबुराम गौतम निर्वाचित भएका थिए ।

उनले नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मीनारायण शाहलाई पराजित गरेका थिए । तत्कालिन बाम गठबन्धनका तर्फबाट एमालेले गौतमलाई उम्मेदवार बनाएको थियो । एमालेले समानुपातिकतर्फ ६ वटै प्रदेश सभाका उम्मेदवारको नाम जिल्ला कार्यसमितिबाट सिफारिस गर्ने प्रचार विभाग प्रमुख निरौलाले जानकारी दिए ।

Nabintech