१४ बैशाख २०८१, शुक्रबार
बाँके प्रदेश सभा १ ‘क’ मा कांग्रेसका एक दर्जन बढी सिफारिस


बाँकेको प्रदेश सभा १ ‘क’ बाट नेपाली कांग्रेसका एक दर्जन बढी सम्भावित उम्मेदवार सिफारिसमा परेका छन् । प्रदेश सभा १ ‘क’ का सभापति लक्ष्मण थारुले दिएको जानकारी अनुसार राप्ती सोनारी गाउँपालिकाका निर्वतमान अध्यक्ष लाहुराम थारु पहिलो नम्बरमा सिफारिस भएका छन् ।

यस्तै कांग्रेस क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी पनि अन्ततः प्रदेश सभामै लड्ने मनस्थिती बनाएर सिफारिस भए । यसैगरी पार्टीका अन्य नेताहरु यमबहादुर खड्का, संगिताकुमारी थारु, देवबहादुर खाँण९ठकुरी०, कृष्णप्रसाद पौडेल, सबिना ओली, रामकुमार राँढ, हरिशंकर पाण्डे, गुरुबच्चन यादव, कान्छा थारु, दीपेन्द्रकुमार पाण्डे र मानबहादुर खड्काको नाम सिफारिस गरिएको सभापति थारुले जानकारी दिए ।

त्यस्तै प्रदेश सभा १ ‘क’ बाट समानुपातिकतर्फ सभापति लक्ष्मण थारु पहिलो नम्बरमा सिफारिस भएका छन् । त्यसैगरी रामचन्द्र मौर्य, दीपनारायण बर्मा, डिल्ली रावत, हर्षवर्धन चौधरी, रामानन्द शर्मा, तिला परियार, जुगलाल थारु र मोलहे आर्य धोबी समानुपातिकतर्फ सिफारिसमा परेका हुन् ।

यसअघि वडाअध्यक्षदेखी प्रतिनिधी सभामा आकांक्षा राखेका नेताहरु उक्त प्रदेश १ ‘क’ बाट प्रत्यक्ष र समानुपातिकको सिफारिस सूचीमा अटाएका हुन् । प्रतिनिधी सभामा चुनाव लड्ने प्रचार गर्दै आएका र गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा वडाअध्यक्षको टिकट मागेर पनि नपाएका कतिपय नेताहरु प्रदेश सभामै सुरक्षित हुने आधार देखेपछि सिफारिसमा परेको प्रदेश सभा(१ ‘क’ का एक पदाधिकारीले बताए ।

२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारले जितेका थिए । नेपाली कांग्रेसका उम्मेदवार शरदचन्द्र बर्मालाई पराजित गर्दै बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कृष्णा केसी नमुना निर्वाचित भएकी थिइन् ।

Nabintech