१४ बैशाख २०८१, शुक्रबार
व्यवसायी संघ बाँकेको  कार्यालय उद्घाटन


नेपालगन्ज / नेपालगन्जको न्युरोडमा उधोग व्यवसायी संघ बाँकेले सोमबार आफ्नो कार्यालयको उद्घाटन गरेको छ ।

लामो समयदेखि व्यवसायी संघको आफ्नै कार्यालय भएकोले व्यवसायीहरुका आवश्यक समस्यामा ध्यान केन्द्रित नभएको कुरालाई मनन गर्दै व्यवसायी संघले आफ्नो कार्यालय स्थापना गर्न सफल भएको संघ बाँके अध्यक्ष तेज प्रसाद रेग्मीले बताए ।

कार्यालय उद्घाटनका क्रममा उधोग व्यवसायी संघ बाँकेका अध्यक्ष तेज प्रसाद रेग्मीको अध्यक्षता तथा संघका केन्द्रीय अध्यक्ष श्याम पाठकको प्रमुख आतिथ्यमा कार्यालय उद्घाटन गरिएको संघ हो ।

कार्यक्रममा  प्रदेश सभा सदस्य आइपि खरेल, प्रदेश सहसचिव अक्कल बहादुर बम, नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्ष रतन शाही, नगर उपाध्यक्ष एवं नेपालगञ्ज(४ का वडा अध्यक्ष गोपाल पुन, व्यवसायी संघका लुम्बिनी प्रदेशका उपाध्यक्ष मन्दिरा पाण्डे, महासचिव तारा खत्री, केन्द्रीय प्रतिनिधि टंक धामी, माओवादी केन्द्र बाँकेका सदस्य एवं व्यवसायी संघ लुम्बिनी प्रदेश सदस्य मिना मल्ल, मिना डाँगी लगायतको उपस्थिति रहेको थियो ।

Nabintech