१५ बैशाख २०८१, शनिबार
प्रेस सेन्टर नेपाल कोहलपुरको अध्यक्षमा पुष्पराज हमाल


प्रेस सेन्टर नेपालको कोहलपुर नगर समितिको अध्यक्षमा पुष्पराज हमाल चयन भएका छन् । सोमबार कोहलपुर नगर समितिको आयोजनामा सम्पन्न विशेष भेला तथा प्रशिक्षण कार्यक्रमको बन्द सत्रबाट हमालको अध्यक्षतामा १३ सदस्यीय नगर कार्यसमिति चयन गरिएको हो ।

नगर समितिको उपाध्यक्षमा विवेक रेग्मी, सचिवमा शुभाकर विश्वकर्मा, सह सचिवमा रामगोपाल विश्वकर्मा र कोषाध्यक्षमा शुशिला शर्मा सर्वसहमत रुपमा चयन भएका छन् । सदस्यहरुमा राजु चौधरी, शान्ति सुनार, प्रतिमा शाही, प्रमिला विश्वकर्मा, मिना रावल, कल्पना शाही, मनवीर परियार र मनोज कोइराला चयन भएका हुन् ।

विशेष भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सांसद मा पार्वती पुन उषाको प्रमुख आथित्यतामा सम्पन्न भएको हो । भेलामा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने , प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान , प्रेस सेन्टरका नेताहरु शुसिल लामिछाने , शिव सुनार , प्रदिप वाग्ले , डक्ट प्रसाद धिताल लगायतको सहभागिता हरेको थियो ।
भेलामा माओवादी केन्द्रका कोहलपुर नगर अध्यक्ष अवराज खड्का , उपाध्यक्ष अबिरल खड्का लगायतको सहभागीता रहेको थियो ।

Nabintech