१४ बैशाख २०८१, शुक्रबार
निहारिका प्रकरण : बलात्कार आरोपी पक्राउ


निहारिका राजपुत प्रकरणका आरोपी शिवराज श्रेष्ठ जनकपुरबाट पक्राउ परेका छन्।श्रेष्ठ जनकपुरमा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले पुष्टि गरे।

न्यायका लागि भन्दै लामो समयदेखि राजधानीमा धर्ना बस्दै आएकी निहारिकाले केही दिन अघि राष्ट्रपति कार्यालय अगाडि आत्मदाहको प्रयास गरेकी थिइन्।

निहारिकाले श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्। जिल्ला अदालतले श्रेष्ठलाई सफाइ दिएपछि निहारिका कारबाहीको माग गर्दै काठमाडौं आएकी हुन्।

उनले आफ्नो साथमा रहेको करिब तीन वर्षीय बच्चाको बुवा श्रेष्ठ भएको प्रमाणित गर्नका लागि डीएनए परीक्षण गर्न माग गरेकी छन्।

Nabintech