१४ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाको सार्वजनिक सुनुवाई


कोहलपुर नगरपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारीता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम आईतवार सम्मन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र कोहलपुर जेसिजले सहजिकरण गरेको कार्यक्रममा नगरपालिकाले दिएका सेवा सुविधा बारेमा नागरिकका तर्फबाट  डिल्लिराज पोख्रेल, अर्जुनजंग शाह, भोलानाथ शर्मा, कृतनराज बिष्ट, निर्मल आचार्य, रबि रोकाय, प्रदिप आचार्य, चेतकान्त भट्टराई, कपिल अञ्जान , प्रमोद रिजाल लगाएत दर्जन बढिले आयोजक समक्ष प्रश्न तथा सुझाब प्रस्तुत गरेका थिए ।

फोरमबाट उठेका प्रश्नको जवाफ नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगिता सुबेदी, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र नगर कायपालिका सदस्य भिम पौडेलले दिएका थिए ।उठेका प्रश्नमाथि जवाफ दिंदै नगर प्रमुख आचार्यले गरेका कामहरुलाई सिकाईको रुपमा ग्रहन गरि आउदा दिनहरुमा गल्ति कमजोरी दोहरीन नदिने प्रतिबद्धता ब्यक्त गरे । उन्ले नगरपालिकाले दिने सेवा सुबिधालाई आफुले चुस्त दुरुस्त, प्रभाबकारी , पारदर्शि र शुन्य प्रश्नमा झर्ने गरि आफुले कार्य गरिरहेको बताए ।

उपप्रमुख संगिता सुबेदीले नगरका १५ वटै वडामा आफना सेवा र सुबिधाहरु समान रुपले प्रभाबकारी रुपले सञ्चालन भएको बताउदै आम नागरिकले उठाएका प्रश्नहरुमा नगरपालिकाले निशर्त सकारात्मक कार्यान्वयन गर्ने कुरामा जोड दिईन ।

२३ करोड ९९ लाख ७३ हजार बेरुजु भएको फेरीहिस्त सुनाउदै प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले सबै बेरुजु भ्रष्टाचार नभएको र सबै भ्रष्टाचार बेरुजु हुने गरेको बताउदै काम सम्पन्न् गरेको तर कागजी प्रमाण पेसहुन छुटेका मात्र भएपनि बेरुजु देखिएको प्रति आफु चिन्तित रहेकाले १५ प्रतिशत जति बेरुजु असुल उपर गर्नुपर्ने रहेकाले सो असुल उपर गर्नतिर आफनो प्रशासन लागि परेको बताए ।

कार्यक्रममा बेरुजु रकम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत ढकालले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा बेरुजु रकम शुन्यतामा झार्न नसकेतापनि बेरुजु रकम नदेखिने गरी कार्यसम्पादन गर्ने प्रतिबद्वता जनाएका छन् ।विकास निर्माण , बाटो घाटो, निति, कमचारीगत समस्या लगाएत बिषयमा नागरिकहरुले प्रश्न उठाएको कार्यक्रमको जेसीजले कोहलपुरले सहजिकरण गरेको थियो ।

Nabintech