१४ बैशाख २०८१, शुक्रबार
सुन्दर लोनियाको शोक सभा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितीले सडक दुर्घटनमा परि मृत्यु भएका सुन्दर लोनियाको बिहीवार शोक सभा गरेको छ ।
साउन १ गते कोहलपुर १४ आफ्नै घर अगाडी मोटरसाईकलले ठक्कर बाट घाईते भएका लोनियाको उपचारका क्रममा साउन ३ गते भारतको लखनउमा निधन भएको थियो ।
शोक सभामा बोल्दै (माओवादी केन्द्र) कोहलपुरका अध्यक्ष अवराज खड्काले लोनिया जनताको सेवक रहेको भन्दै उनको निधनले कोहलपुर १४ का जनता र माओवादी पार्टी लाई ठुलो क्षति पुगेको बताए । उनले लोनियको पार्थिव सरिरमा पार्टीको झण्डा समेत ओढाएका थिए ।
उनले आश्रीत परिवार प्रति समबेदन प्रकट गदै लोनिया समाजिक क्षेत्रमा देखाएको वाटोको पार्टीले अनुसरण गर्ने बताए । ६१ बर्षिय लोनियाका बृद्ध बुवा आमा , श्रीमती २ छोरा र ३ छोरी रहेको पारिवारीक श्रोतले जनाकारी दिएको ।
शोक सभामा ठुलो संख्यामा स्थानिय बासिन्दाको उपस्थिती रहेको थियो । उनको आजै अन्तिम संस्कार गरिएको छ ।
शोक सभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) क्षेत्र नं १ का संयोजक नर बहादुर केसी नरेश , कोहलपुर उपाध्यक्ष वल बहादुर खड्का अबिरल , सह सचिव र्अजुन पौड्याल , कोहलपुर १४ का अध्यक्ष बासुदेब शर्मालगायत नेता कार्यक्रर्ताहरुको पनि सहभागिता रहेको थियो ।

Nabintech