१४ बैशाख २०८१, शुक्रबार
कोहलपुरमा नयाँ प्रशासनिक भवनको शिलान्यानास


कोहलपुर /कोहलपुर नगरपालिकाले नयाँ प्रशासनिक भवनको शिलान्यानास गरेको छ । उक्त भवन निर्माण गर्न शुक्रबार धार्मिक विधिपुर्वक शिलान्यास गरिएको हो । नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगिता सुवेदीले साढे ५ तले भवनको शिलान्यास गरेका हुन ।

नगर प्रमुख आचार्यका अनुसार स्थानीय सरकारको करिव ९ करोड र स्थानीय पूर्वाधार विकास विभागको करिव ६ करोड अनुदान गरि जम्मा १५ करोड,३८ लाख ४८ हजार ७ सय १० को लागतमा साढे ५ तले अत्याधुनिक प्रशासनिक भवन निर्माण गर्न लागिएको हो । ८ हजार ७ सय ३५ स्क्वायर फुट क्षेत्रफलमा बन्ने भवनमा लिफ्टको समेत सुविधा हुने नगरपालिकाका इन्जिनियर बालकृष्ण महतराले जानकारी दिए। दैनिक प्रशासनिक काम गर्न सहजता हुने बताइएको छ । भवन २०७९ असार २१ गते शुरु भई २०८१ पौष २५ गते सम्पन्न हुनेछ । कोहलपुर नगर विकास समितिको प्राङ्गनमा भवन बनाइनेछ ।

यस्तै नगर उपप्रमुख संगिता सुवेदीले नयाँ भवनमा नगरपालिकाका सबै काम सञ्चालन हुने बताइन ।भवन निर्माणको जिम्मा जयभवानी जे.भी. कोहलपुरलाई दिइएको छ।

Nabintech