१४ बैशाख २०८१, शुक्रबार
नक्कली एम अधिकारी खडा गर्ने एमालेको प्रयास !


३० असार, विराटनगर । अर्थ तथा योजना विभाग सदस्यको सूचीमा गभर्नर महाप्रसाद अधिकारी नरहेको वक्तव्य निकालेको नेकपा एमालेको नक्कली एम अधिकारी खडा गर्न खोजेको पाइएको छ ।

एमालेले विराटनगरका एक जना चार्टर एकाउन्टेन्टलाई एम अधिकारी बनाएर सार्वजनिक गर्ने प्रयास गरेको पाइएको छ । सुरूमा एम अधिकारी बन्ने प्रस्तावमा सहमत भएका उनी अहिले सम्पर्कबिहीन भएका छन् ।

एमालेले हालै जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै चर्को विरोध भइरहेको छ । यही कारण अधिकारीमाथि राजीनामाको दबाव बढेपछि एमालेले बिहीबार विज्ञप्ति निकालेर उनी गभर्नर नभएको दाबी गरेको छ । तर एम अधिकारी को हुन् भन्ने बताएको छैन ।

भित्रभित्र भने एम अधिकारीका नाममा विराटनगरका चार्टर एकाउन्ट मनोज अधिकारीलाई उभ्याउन खोजेको पाइएको छ ।

अधिकारी स्वयंमले बिहीबार दिउँसो निकट साथीभाइसँग एमालेले एम अधिकारी बन्न प्रस्ताव गरेको बताएका थिए । ‘दिउँसो कुरा हुँदा एम अधिकारी बन्न प्रस्ताव आएको सुनाउनु भएको थियो,’ उनका एक सहकर्मीले भने, ‘तनाव छ भन्दै हुनुहुन्थ्यो, त्यसपछि फोन अफ गर्नुभयो ।’

उनी अहिले सम्पर्कबिहीन छन् ।

नेकपा एमाले प्रदेश १ का नेताहरुका अनुसार उनी केही महिना अघि मात्रै पार्टी प्रवेश गरेका थिए । एमालेको बिराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाका अनुसार स्थानीय तह निर्वाचन अघि पार्टी कार्यालयमा आयोजित वृहत पार्टी प्रवेश कार्याक्रममा सिए अधिकारी पनि एमालेमा प्रवेश गरेका थिए ।

उनी भर्खर चार्टर एकाउन्टेन्टहरुको संस्था ‘चार्टर एकाउन्टेन्ट संघ’को प्रदेश १ को अध्यक्ष बनेका हुन् ।

एमाले केन्द्रीय सदस्य विनोद ढकालले भने अधिकारी विगतदेखि नै पार्टी निकट रहेको बताए । तर एमाले मोरङका सचिव रुपेश खतिवडाले सिए मनोज अधिकारीलाई आफूले नचिन्ने बताएका छन् ।

अनलाईन खवर

Nabintech