१५ बैशाख २०८१, शनिबार
सव डिभिजन वन कार्यालय कोहलपुर द्धारा विरुवा बितरण


कोहलपुर सव डिभिजन वन कार्यालयले बुधवारबाट बिभिन्न प्रजातिका विरुवाहरु वितरण सुरु गरेको छ ।
सब डिभिजन बन कार्यालय कोहलपुरका कार्यालय प्रमुख राज बहादुर चौधरीका अनुसार इच्छुक संघसंस्था, व्यक्तिहरुले कार्यालयबाट विरुवाहरु सहजै लैजाने सक्ने गरि व्यवस्था मिलाइएको बताए । व्यक्तिगत प्रयोजनकालागि २५ वटा विरुवासम्मका लागि सहजै दिन सकिने र संस्थागत र बृहत रुपमा बृक्षारोपणका लागि लालपुर्जाको फोटोकपी आवश्यक पर्ने कोहलपुर सव डिभिजन बन कार्यालयले बताएको छ । बुधवार करिव ३५ हजार बिरुवा बितरण गरिएको उनले जानकारी दिए ।

कोहलपुर सब डिभिजन बन कार्यालय कोहलपुरले करिब एकलाखको हाराहारीमा विरुवा वितरण गर्ने लक्ष्य लिएको बताएको छ । कोहलपुर सब डिभिजन बन कार्यालबाट निशुल्क रुपमा लिप्टीस, अमला, सगुन, सितल चिनी, बेलौती, बकैना, रिठ्ठा, कल्कि, कपुर, रक्तचन्दन लगाएतका विरुहरु बितरण गरिएको छ

डिभिजन बन कार्यालय बाकेका कार्यालय प्रमुख डिभिजन बन अधिकृत अजीत कुमार कर्णका अनुसार यो बर्ष ६ लाख बिरुवा बितरण गर्ने योजना छ । बाँकेमा माग अनुसार नै बिरुवा उत्पादन गरिएको उनले बताए बिरुवा बितरणको लागी ब्यवस्थित गर्नको लागी आफनो टिम लागी परेको बताएका छन
जिल्लाको कोहलपुर , नेपालगंज , संमसेरगंज , लगायतका ६ स्थानमा बिरुवा उत्पाद गरि बितरण गर्ने गरिएको छ । यस बाहेक बिभिन्न कृषक समुहहरु लाई फलफुलका बिरुवा बितरण गरिएको छ ।
कोहलपुर सब डिभिजन बन कार्यालयका ओम प्रकाश डाँगीले बिरुवा बितरण केहि दिन सम्म जारी रहने जानकारी दिए ।

 

Nabintech