१४ बैशाख २०८१, शुक्रबार
द्रुत गतिमा काम गर्न भुमी आयोगको ध्यानाकर्षण


कोहलपुर / भुमिहीन सुकुम्बासी र अब्यवस्थीत वासोवासीलाई छिटो भन्दा छिटो जग्गा धनि प्रमाण पुर्जा बितरण गर्न भुमि आयोग बाँकेको  ध्यानाकर्षण गराईएको   छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने लगायतको टोलीले आयोगका जिल्ला अध्यक्ष लागयतका सदस्यहरु संग भेट गरि छिटो भन्दा छिटो पुर्जा बितरण प्रक्रिया अगाडी बढाउन आग्रह गरेको हो ।
कोहलपुरका कतिपय वडाहरुमा नाप जाँचको काम समेत सकिएकाले ति वडामा पुर्जा बितरण र अन्य वडामा छिटो भन्दा छिटो नाप जाँचको काम गर्न आग्रह गरिएको नेता न्यौपानेले बताए । भुमि आयोग बाँकेले जिल्ला भरका भुमिहीन सुकुम्वासी र अब्यवस्थीत बसोवासीलाई १ बर्षभित्रमा जग्गा धनि प्रमाण पुर्जा बितरण गरि सक्ने गरि काम अगाडी बढाउनु पर्ने न्यौपानेको भनाई थियो ।
सो क्रममा भुमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले नाँप जाच सकिएका वडाहरुमा छिटो भन्दा छिटो पुर्जा बितरण प्रक्रिया सुरु गर्ने भन्दै कोहलपुर नगरपालिका वडा नं १ र बैजनाथ गाँउ पालिकाका अधिकाँस वडाहरुमा नाप जाँचको काम सकिएको जानकारी समेत दिए । नाप जाँच पछि नक्सा प्रमाणीकरण र बाँकी काँम सकेर छिटै पुर्जाबितरण गर्ने उनको भनाई थियो ।
भुमि आयोग बाँकेले कोहलपुर , बैजनाथ , राप्ती सोनारी , नरैनापुर , नेपालगंज , खजुर र जानकी गाउपालिका काम अगाडी बढाएको छ । डुडुवामा भने सम्झौता हुन नसकेको आयोगका बिज्ञ सदस्य असोक पोख्रेलले जानकारी दिए ।
नाप जाँच सकिएको वडाहरुमा वडा तहमाअभुमिखिकरण गरेर बाँकी काम अगाडी बढाउने तयारीमा आयोग रहेको पोख्रेलको भनाई थियो । बिज्ञ सदस्य पोख्रेलले बजेट लागायतका केही कारणले काममा केही ढिलाई भएको भएपनि साउन महिना बाट द्रुत गतिमा काम अगाडी बढाउने तयारीमा आयोग रहेको जानकारी दिए । छलफलमा आयोगकी सदस्य मिना सिग्देल , माओवादी केन्द्रका नेता दामोदर अधिकारी लगायतको पनि सहभागीता रहेको थियो ।

Nabintech