१५ बैशाख २०८१, शनिबार
कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम


बाँकेको कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रम, आर्थिक विधेयक, वजेट वक्तव्य प्रस्तुत गरिएको छ ।

बुधबार एक कार्यक्रमका बिच नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नीति तथा कार्यक्रम, आर्थिक विधेयक प्रस्तुत गरेका हुन् भने उपप्रमुख संगीता सुवेदीले बजेट वक्तव्य प्रस्तुत गरेका हुन् ।

कोहलपुर नगरपालिकाको नीति तथा कार्यक्रमतल उल्लेख छ :

कोहलपुर नगरपालिकाको एघारौं नगर सभामा वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनतामाझ गरेका प्रतिवद्धता एवं चुनावी घोषणापत्र, नेपालको संविधानमा उल्लेखित राज्यका निर्देशक सिद्धान्त, नागरिकका मौलिक हक र दायित्व, नेपाल सरकारको चालु आवधिक योजना तथा प्रदेश सरकारको आवधिक योजनाका प्राथमिकताहरु, स्थानीय सरकार सञ्चालन ऐनमा भएका व्यवस्थाहरु, नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त नीतिगत मार्गदर्शन, दिगो विकास लक्ष्य, नेपाल सरकारले अन्तराष्ट्रिय स्तरमा गरेका सन्धी महासन्धीहरु, नगरपालिकाको प्रथम आवाधिक योजना तथा मध्यकालीन खर्च संरचनाका प्राथमकिताहरु, आम नगरवासीका चाहाना र यहाँका सम्भावनालाई समेटी विकासका सबै क्षेत्रहरुलाई समेट्ने गरी आधार लिईएको छ । साथै एकिकृत विकासको अवधारणामा, सवैको साझा प्रयासबाट नै यस अवधिमा कोहलपुर नगरपालिका नागरिकका लागि भरोसा योग्य सरकारको रुपमा स्थापित गर्ने यस नीतिको प्रमुख उद्देश्य रहेको छ ।
छ। नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४, अन्तर सरकारी वित्त ब्यवस्थापन ऐन २०७४ बमोजिम नेपाल सरकार र प्रदेश सरकारवाट प्राप्त हुने सशर्त अनुदान र समानीकरण अनुदान तथा राजश्व बाँडफाँड शीर्षकबाट प्राप्त हुने रकम र यस नगरपालिकाको अनुमानित आन्तरिक राजश्वलाई समेत आधार बनाई यस आ।ब। २०७९र२०८० को नीति तथा कार्यक्रम तयार पारिएको छ ।

नगरपालिकाले आर्थिक वर्ष २०७९र८० मा नगरपालिकाले प्राथमिकतामा राखी लिने प्रमुख नीतिहरु प्रस्तुत गरेको छ ।
प्रमुख प्राथमिकताका नीतिहरुः
(नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवाको बारेमा सुसुचित गर्न, गुनासो ब्यवस्थापन गरी सुशासन कायम गर्न एवं एम्बुलेन्स र विपद ९दमकल० ब्यवस्थापनमा सहज हुने गरी एक टोल फ्रि निःशुल्क फोन गर्न सकिने नंम्बर संचालनमा ल्याई नगरपालिकामा कल सेन्टर एवं समन्वय केन्द्र स्थापना गरिनेछ । साथै डिजिटल कोहलपुर अवधारणालाई प्राथमिकताका साथ लागु गरिनेछ।
(निर्वाचनको बखत कोहलपुर बासी आमाबुवा दाजुभाई एवं दिदि बहिनीहरुसँग गरिएका प्रतिवद्धता पूरा भए नभएको जानकारी लिई हाम्रा नीति तथा कार्यक्रमहरुमा समयानुकूल परिमार्जन समेत गर्न, हामीले गरेका कार्यहरुको जनतामाझ जानकारी गराउन एवं विभिन्न विषयहरु संवोधन गर्न प्रत्येक महिना नगर प्रमुख आफै जनता समक्ष उपस्थित हुने र अन्तर्क्रियामा भाग लिने गरी “सिधा कुरा मेयरसँग” कार्यक्रम संचालनमा ल्याईनेछ ।
– यस नगरपालिकामा श्रम शक्ति आवश्यक पर्ने प्रतिष्ठान एवं पटके कार्यको लागि त्यस्तो जनशक्ति उपलब्ध गराउन एवं बेरोजगार सीप युक्त र सीप नसिकेका ब्यक्तिहरुलाई रोजगारीमा आवद्ध गर्ने उद्देश्यका साथ एक रोजगार बैंक वा श्रम बैंकको स्थापना गरी मर्यादित काम र ज्यालालाई नगरपालिकाले नै प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिनेछ ।
– नगरपालिका भित्र बसोबास गर्ने अति विपन्न, दलित समुदाय एवं लक्षित वर्गका विद्यार्थीहरुलाई प्राथमिकता दिई उच्च शिक्षा ९स्नातक तह० सम्म निःशुल्क अध्ययनको लागि मासिक शुल्कमा छुट हुने गरी छात्रवृत्ति उपलब्ध गराउन सरकारी विश्वविद्यालयका आंगिक क्याम्पससँग सहकार्य गरिनेछ ।
♣ कोहलपुर नगरपालिकाको सामाजिक विकास, पूर्वाधार विकासका अलावा आर्थिक विकासमा समेत टेवा पुर्याउने गरी नगरपालिकाको समग्र आर्थिक अवस्था विश्लेषण गरी आर्थिक वर्ष सुरु भएको ३ महिना भित्र प्रतिवेदन ९श्वेतपत्र० तयार गरी सो को आधारमा नगरपालिकाको नीती, बजेट, योजना तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
♣ हाल नेपालमा देखिएको पेट्रोलियम पदार्थको अत्याधिक खपत एवं सोको बढ्दो मुल्यको कारण ब्यापार घाटा र आर्थिक रुपमा देशलाई नोक्सानी भईरहेको साथै पेट्रोलियम पदार्थको दहनबाट प्रदुषण समेत वृद्धि हुने भएको हुँदा सो को न्यूनीकरण गरी स्वदेशमा उत्पादित विद्युतको उच्चतम् प्रयोग गर्न र प्रदुषण न्यूनीकरण गरी हरित नगर निर्माण गर्ने उद्देश्यका साथ वृक्षारोपण कार्यक्रम एवं नगरपालिका क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग, विद्यूतीय चुल्होको प्रयोग लगायत विद्यूत खपत हुने उद्योग धन्दाहरुलाई प्रर्वधन गर्ने नीति लिईनेछ। सो विषय सम्बोधन गर्न आगामी आर्थिक वर्षमा नगरपालिकामा कार्यरत कर्मचारी एवं जनप्रतिनिधीहरुले आफूले विद्युतीय सवारी साधन खरिद गर्दा नगरपालिकाले सहकार्य गरी सो कार्यक्रम क्रमशः नगरवासीसम्म विस्तार गरिनेछ ।
– नगरपालिकामा विभिन्न विषयको अध्ययन अनुसन्धान गरी नगरपालिकालाई सुझाव सल्लाह दिई नीति निर्माणमा टेवा पुर्याई नगरपालिकाको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले विभिन्न विषयका विज्ञहरु संलग्न भएको एक विज्ञ समूह कोहलपुर नीति समूह० गठन गरी कार्यान्वयनमा ल्याईनेछ ।
– नगरपालिका क्षेत्रभित्रको पर्यटकीय सम्भावना, लगानी, ब्यापार ब्यवसाय प्रर्वद्धन गर्न सघाउ पुर्याउने गरी कोहलपुर नगरपालिकालाई माया गर्ने प्रबुद्ध ब्यक्तित्वहरुलाई सद्भावना दूत नियुक्त गरी निजहरु मार्फत पालिकाले थप लाभ लिने ब्यवस्था मिलाईनेछ ।
– नगरपालिकाको भावी स्वरुप कस्तो हुने भन्ने विषयमा नगरपालिकाका पदाधिकारी भन्दा बाहिरबाट पनि रचनात्मक सुझाव संकलन गरी सकारात्मक सुझाव कार्यान्वयन गर्ने उद्देश्यका साथ देश विदेशमा रहेका योजनाकार, नवप्रतिभा एवं विज्ञहरु बीच नीति प्रतिश्पर्धा गरी उत्कृष्ट सुझाव प्रस्ताव नगरपालिकाले ग्रहण एवं पुरस्कृत गरिनेछ ।

आर्थिक विकास क्षेत्र
– कृषिको बैज्ञानिकीकरण तथा ब्यावसायिकरण गर्दै निर्वाहमूलक कृषिलाई उत्पादनमुखी बनाउँदै निर्यात उन्मुख बनाउन नगरपालिका भित्रका मुख्य बाली उत्पादन क्षेत्रको पहिचानका आधारमा कृषि पर्यटनमा आधारित अर्गानिक कृषि उत्पादन क्षेत्र, तरकारी, धान, गहुँ, दलहन, तेलहन, मौरीपालन, बेमौसमी तरकारी खेती तथा कृषि बजारमुखी व्यापारिक क्षेत्र र विशेष कृषि पकेट क्षेत्र कार्यक्रम तय गरी सञ्चालन गरिनेछ।
– “युवाको जवानी कोहलपुरमा लगानी “ भन्ने नाराका साथ उत्पादन मूलक क्षेत्रमा युवा सहभागिता बढाइने छ। साथै विदेशवाट रोजगारि गुमाएर फर्किएका युवालाई लक्षित गरी कृषि पेशामा आकर्षण गर्न प्रतिफलमा आधारित अनुदान सहितको अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
– कृषि व्यवसायमा लागत घटाई उत्पादकत्व बृद्धि गर्ने गरी यान्त्रिकिकरण गर्ने र कृषि प्राविधिकलाई कृषक घरदैलो भेटघाट तथा प्राविधिक सेवा उपलब्ध गराउने नीति लिईनेछ।
– कृषक पाठशाला सञ्चालन गरी कृषकहरुलाई तालिम, उत्पादन वृद्धिका लागि भकारो सुधार तथा प्लाष्टिक टनेलको ब्यवस्था, नगर स्तरीय कृषि मेला र माटो परीक्षणको व्यवस्था गरिनेछ ।
– आलु, लसुन, प्याज, मसुरो, वेसार, धनिया जस्ता नगदेबालीको उत्पादन र बजारीकरणका कार्यक्रम संचालन गरिनेछ । कृषि तथा पशुपंक्षीको व्यावसायिक साना तथा मझौला कृषि फर्म स्थापना गरी संचालन गर्न प्रोत्साहन गरिनेछ र उत्पादित खाद्यान्नको भण्डार गर्न खाद्यान्न भण्डार घर निर्माण गर्ने नीति लिइनेछ।
(साझेदारीमा फलफूलको वगैंचा र कोहलपुर भित्र रहेका मिनी पार्क निमार्णका लागि केहि रकम नगरपालिकाले दिने गरी कार्यक्रम सञ्चालन गरिनेछ । बाटोको सौन्दर्यकरणका लागि वृक्षारोपण र संरक्षण गर्ने कार्यलाई प्रोत्साहन गरिनेछ ।
– खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउने बालीको पहिचान गरी साना व्यवसायिक कृषि उत्पादन पकेट विकास कार्यक्रम संचालन गरिनेछ । कोहलपुर नगरपालिकाको वडा नम्बर ७, ८ र १३ लाई पशुपालन पकेट क्षेत्र र सिक्टा सिचाई आयोजना सँग जोडिएका वडालाई अन्नबाली पकेट क्षेत्रको रुपमा विकास गर्न क्रियाकलाप संचालन गरिनेछ । अन्य क्षेत्रमा सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र कार्यक्रम संचालन गर्ने नीति लिईनेछ ।
ख बीउ धान उत्पादन गरी नगरपालिकालाई बीउ धानमा आत्मनिर्भर बनाउने कार्यक्रमको सफलतालाई कायम गर्दै निर्यात हुने गरी सो किसान कार्यलाई निरन्तरता दिईनेछ । हिउँदे मकै र चैते धान प्रवर्धन कार्यक्रमलाई विशेष बजेटको व्यवस्था गरिनेछ ।
– कृषि व्यवसायलाई आधुनिकिरण गर्न प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजनासँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ।
– लोपोन्मुख तथा रैथाने जातका कृषि बालीहरुलाई प्रवर्द्धन गरी बजारीकरण एवम् निर्यातका लागि प्रोत्साहन गरिनेछ ।
– पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान समेत गरी दुध र मासु उत्पादन वृद्धि गरिने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
(विगतका वर्षहरुमा नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा गरेको लगानी एवं पकेट क्षेत्र लगायतका कार्यक्रमहरुको प्रतिफल तथा प्रगतिको अनुगमन समीक्षा गरी निरन्तरता दिने वा परिमार्जन गर्ने नीति लिईनेछ ।
– घर दैलोमा नै प्राविधिकको सेवा, कृषि उत्पादनमा टेवा नारासहित यस नगरपालिकाका सवै वडामा कृषि तथा पशु प्राविधिकका माध्यमवाट घर दैलोमा गई उपचार तथा परामर्श सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
– आन्तरिक पर्यटन प्रवर्धन गर्न खड्‍गवार होमस्टे, कोहलपुर भ्यू टावर, थारु सग्रहालय लगायतका नगरपालिका क्षेत्र भित्र सम्भाव्य पर्यटकीय स्थल सहितको जानकारी मुलक सन्देश तथा अडियो भिडियो तयार पारी पर्यटकलाई आकर्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।
– बिगतमा संचालन भई हाल बन्द रहेको वडा नम्बर १४ हवल्दारपुर स्थित पशुपंक्षी हाट बजार संकलन केन्द्रलाई संचालनमा ल्याइनेछ ।
(कोहलपुर नगरपालिकाको वडा नं ४ , १३ र १५ लगायतका सम्भाव्य क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास तथा विस्तार गरिनेछ ।
(सडक दुर्घटना न्युनिकरणका लागि नगर क्षेत्रभित्र छाडा चौपाया नियन्त्रण गरी ट्राफिक व्यवस्था सहज गरिनेछ । साथै सडकका मुख्यचोकमा ट्राफिक बिट तथा लाइटको व्यवस्था गरिनेछ।
– एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरि सो को ब्यवस्थापनको लागि स्वयंसेवक प्राविधिक समेत परिचालन गरिनेछ ।
(सरकारी, नीजि क्षेत्र र सहकारी क्षेत्रको सहकार्यरसाझेदारीमा युवा स्वरोजगारमुलक कार्यक्रम संचालन गरिनेछ । स्थानीय सीप एवं परम्परागत सीप ब्यवशायलाई प्रबर्धन गरी आत्मनिर्भर बनाईने नीति लिईनेछ ।
(नगरपालिकाका विपन्न, एकल महिला एवं लक्षित वर्गका महिलालाई लक्षित गरी अटो रिक्सा एवं साना सवारी साधन संचालन तालीम र प्राविधिक सहयोग गरी उद्यमशिल बनाइने नीति लिईनेछ।
(सहकारी क्षेत्रलाई विकास साझेदारीको रुपमा लिइनेछ। सहकारी क्षेत्रको पुँजीलाई नगरको विकासमा परिचालन हुने नीति वनाईनेछ। सहकारी मार्फत कृषि उपजको विक्री वितरण गर्ने गरिनेछ ।
(आगामी आर्थिक वर्षमा सीपमूलक तालीमहरु संचालन गर्दा मागमा आधारित भई कम्तीमा १०० जना युवाहरुलाई सीप सिकाई स्वरोजगार बनाईनेछ।
– कम्तिमा १५ जनालाई रोजगार उपलब्ध गराउन सक्ने नयाँ व्यवसाय, उद्योग स्थापना हुने स्थान सम्म पूर्वाधार निर्माणमा सहयोग पुग्ने नीति लिइनेछ। साथै नगर क्षेत्रमा ठुला व्यवसायरउद्योग स्थापना गर्न प्रोत्साहन गरिनेछ।
सामाजिक क्षेत्रः
– नगरपालिकाका शैक्षिक योजना, शैक्षिक गुणस्तर सुधार कार्ययोजनाहरुलाई क्रमशस् कार्यान्वयन गर्दै लगिनेछ । शैक्षिक हबको खाका अनुसार विस्तृत गुरुयोजना निर्माण कार्यलाई मूर्त रुप प्रदान गरिनेछ।
– कोहलपुर नगरपालिकामा सफल रुपमा सम्पन्न शिक्षक तथा बालविकास शिक्षक दरबन्दी मिलान कार्यक्रमको समीक्षा गरिनेछ । साथै विद्यालयको आवश्यकताका आधारमा विषयगत शिक्षक मिलान गरिनेछ। विद्यालयको विकास, शिक्षामा पहुँच र गुणस्तर सुधारका लागि सामुदायिक९सामुदायिक तथा संस्थागत९संस्थागत विद्यालय गाभ्ने नीति कायमै राखिनेछ ।
– संस्थागत विद्यालयहरुको स्तरीकरण तथा वर्गीकरणलाई निरन्तरता दिइनेछ। संस्थागत विद्यालयको वर्ग अनुसारको शुल्क सम्बन्धी मापदण्ड निर्माण गरी कार्यान्वयन गरिनेछ। संस्थागत विद्यालयहरुबाट लिँइदै आएको ब्यवसाय कर हटाई संस्थागत विद्यालयहरुलाई सामाजिक उत्तरदायित्वका लागि नगर शिक्षा कोष स्थापनामा सहभागी गराई आम्दानीको निश्चित प्रतिशत जम्मा गरिनेछ ।
– विद्यालय स्थापना, कक्षा थप, स्थानान्तरण र नामाकरणलाई कार्यविधिका आधारमा थप व्यवस्थित गरिनेछ । गुणस्तरीय शिक्षाका लागि विद्यालयको तह थप गर्ने कार्यलाई सकेसम्म निरुत्साहित गरिनेछ ।
– नगरको कम्तिमा एक आधारभूत विद्यालयलाई आधुनिक प्रविधिमैत्री नमूना अपाङ्गमैत्री आवासीय विद्यालयको व्यवस्था गरिनेछ। नगरस्तरमा माध्यमिक तहमा विविधता व्यवस्थापन सहितको एक आवासीय नमूना विद्यालयको व्यवस्था गरिनेछ ।
– नगरपालिका क्षेत्रभित्र विभिन्‍न धर्म, कला, संस्कृतिलाई सम्बर्धन र संरक्षण गरिनेछ। कला र साहित्य क्षेत्रमा नवप्रतिभा खोज तथा प्रोत्साहन गरिनेछ।
– शैक्षिक सत्र २०७९ देखि नगरपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम लागु गरिनेछ र आधारभूत तहमा स्थानीय पाठ्यक्रम अनुसारको स्रोत सामग्री वा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याइनेछ। साथै सिकलसेल एनिमिया सम्बन्धी पाठ्यक्रम निर्माण गरी लागु गरिनेछ ।
– अनिवार्य तथा निस्शुल्क आधारभूत शिक्षा नीतिलाई पूर्णरुपमा कार्यान्वयन गरिनेछ। चालु आ।व। २०७९र०८० देखि माध्यमिक तहमा कक्षा ९९१२ को शिक्षा निस्शुल्क हुने व्यवस्थालाई कार्यान्वयन गरिनेछ ।
– विद्यालय छाडने प्रवृत्तिलाई न्यूनीकरण गर्न विद्यालय शिक्षामा ल्याउने, टिकाउने र सिकाउनेू कार्यका लागि दिवा खाजा कार्यक्रम तथा विद्यार्थी प्रेरित कार्यक्रम ल्याइनेछ ।
(नगर क्षेत्रका विद्यालयमा अध्ययनरत छात्राहरुका लागि निस्शुल्क स्यानिटरी प्याड वितरण तथा प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गरिनेछ । किशोरी प्रजनन स्वास्थ्यका लागि “मेरो पहिलो रजश्वला” सचेतना कार्यक्रम संचालन गरिनेछ । संस्थागत विद्यालयमा अध्ययनरत बालिकाहरु तथा सामुदायिक क्याम्पसमा अध्ययनरत छात्राहरूको लागि समेत निस्शुल्क स्यानिटरी प्याडको व्यवस्था गरिनेछ।
(कोहलपुर नगरपालिकाका माध्यामिक तह ९ढ९ज्ञद्द० का विद्यालयहरुमा विद्यार्थीहरुको जीवन उपयोगी सिप ज्ञान तथा क्षमता अभिबृद्धिका लागि पाठ्यक्रम भन्दा बाहिरको विषयवस्तुहरु लाई समेटी पाठ्यक्रम तयार गरिनेछ ।
(बालविकास र कक्षा १ मा शत प्रतिशत विद्यार्थी भर्नाको लक्ष्य हासिल गर्न वडा शिक्षा समितिलाई जिम्मेवार बनाइ परिचालन गरिनेछ। हरेक वडाबाट प्रत्येक शैक्षिक वर्षको भर्ना अभियान शुरु हुनु अगावै वडाले ४ वर्ष र ५ वर्ष उमेर पुगेका र अन्यत्रबाट बसाइसराइ गरी आएका घरपरिवारका विद्यालय जाने उमेरका बालबालिकाहरुको विवरण सार्वजनिक गर्ने र उक्त विवरण शिक्षा शाखा र विद्यालयलाई उपलब्ध गराउने व्यवस्था लागू गरिनेछ ।
– विद्यालयमा आर्थिक प्रशासन चुस्त दुरुस्त पार्नका लागि आधारभूत तथा माध्यमिक विद्यालयमा लेखा कर्मचारी व्यवस्थापन गरिनेछ। एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली मार्फत विद्यालय शिक्षा प्रमुख संशाधनका रुपमा लिइनेछ।
(प्रधानाध्यापक सशक्तीकरणका लागि प्रधानाध्यापकको विद्यालय शैक्षिक सुधार योजनाका आधारमा आर्थिक सहायता सहितको “मेरो विद्यालय, मेरो जिम्मेवारी” कार्यक्रम ल्याइनेछ।
– विद्यालयमा करारमा नियुक्त गरिने शिक्षक तथा कर्मचारी नियुक्तिलाई पारदर्शी एवं प्रतिस्पर्धामा आधारित हुने गरी कार्यविधि मार्फत व्यवस्थित गरिनेछ ।
– शैक्षिक अनुभव आदानप्रदान तथा क्षमता विकासका लागि शिक्षा समिति पदाधिकारी, शाखा कर्मचारी, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षक सहितको शैक्षिक अवलोकन भ्रमणको आयोजना गरिनेछ ।
– हरेक वडामा वडा शिक्षा समिति गठन गरिनेछ। शिक्षकको पेशागत क्षमता विकासका लागि समय समयमा पेशागत क्षमता विकास तालिम, पुनर्ताजगी तालिम, सूचना तथा संचार प्रविधि तालिम संचालन गरिनेछ।
(अभिभावक संघको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिने छ । सामुदायिक विद्यालयको प्राथमिक कक्षामा अंग्रेजी भाषा विकास तथा विस्तारका लागि शिक्षक प्रोत्साहन कार्यक्रम लागु गरिनेछ।
– न्यून खर्चमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्वयंसेवक शिक्षकको ब्यवस्थापन गरिनेछ। विद्यालयको भौतिक पूर्वाधार सबल सक्षम र सुदृढ बनाउन योजना निर्माण गरिनेछ ।
(नगरपालिकाभित्र रहेका विद्यालयमा खेलकुद पूर्वाधार विकास तथा जनशक्ति व्यवस्थापन गरिनेछ। टिनको छानारहित विद्यालय विकासको लागि भवन निर्माण तथा मर्मत सम्भारका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
– कोहलपुर नगरपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा शुद्ध र तातो९चिसो खानेपानीको उपकरण जडान गरिनेछ। सबै विद्यालयहरुमा साझेदार संस्थाहरूको सहकार्यमा पानीसहितको शौचालय, परिवर्तन गृह, प्राथिमक उपचार तथा आराम कक्ष, विपद् व्यवस्थापन र आकस्मिक स्वास्थ्य सुरक्षाका लागि तोकिएको स्थान र आधारभूत स्रोत साधनहरुको व्यवस्था गरिनेछ ।
– नगरपालिकाको एउटा आधारभूत एवं एउटा प्राथमिक विद्यालयलाई विकास गर्नका लागि दुई वटा नमूना विद्यालय तोकिनेछ ।
– सामुदायिक सिकाइ केन्द्रको पुनर्गठन गरी समुदायमा स्थापना गरिनेछ। सामुदायिक शिक्षाको मूल अवधारणा अनुरुप सक्रिय बनाइने छ ।
(सामुदायिक विद्यालयमा हाजिरी मेशिन जडान गरी विद्यालय आउने जाने समयलाई नियमित गरिनेछ। साथै अनुगमनका लागि प्रत्यक्ष तथा सफ्टवेयर मार्फत अनुगमन गरिनेछ ।
टद्द। शिक्षा तर्फका गतिविधिहरुलाई डिजिटल माध्ययमबाट प्रकाशन प्रशारण गरिनेछ । नगर शिक्षाबाट आधिकारीक डिजिटल प्लेटफर्म ‘युट्युब च्यानल’ संचालनमा ल्याई असल अभ्यासहरुको आदान प्रदान समेत गरिनेछ ।
(नगरपालिका भित्र रहेका सामुदायिक पुस्तकालयहरूको सुदृढीकरण तथा व्यवस्थापन गरिनेछ। पुस्तकालय संस्थागत सुदृढीकरणका लागि पुस्तकालय सम्बन्धी तालिम संचालन गरिनेछ ।
(अपाङ्गता भएका बालबालिकाहरुका लागि सहायक सामग्री र स्रोतसामग्रीहरु वितरण गर्ने नीति ल्याइनेछ ।
– नगर प्रमुख छात्रवृत्ति कोषको व्यवस्था गरि सरकारी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसमा अध्ययनरत विपन्न तथा जेहेन्दार छात्राछात्रलाई अध्ययनको व्यवस्था गरिनेछ ।
(सबै सामुदायिक विद्यालयमा प्रविधि विस्तारको लागि इन्टरनेट जडान तथा डिजिटल प्रविधिलाई प्राथमिकतामा राखिनेछ । आधारभूत र माध्यमिक विद्यालयका विद्यार्थीहरुका लागि विद्यालयमा आधारित तहगत अतिरिक्त क्रियाकलापका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
(माध्यमिक विद्यालयमा अध्ययनका लागि टाढा जानुपर्ने बालबालिकाहरुका लागि सहायक सामग्री तथा साइकल वितरण गरी अध्ययनका लागि प्रोत्साहन गरिनेछ। अपाङ्ग तथा असाहय विद्यार्थीहरुलाई आवाशीय विद्यालयहरुमा अध्ययन गर्ने ब्यवस्था क्रमशः गरिनेछ ।
टड। विद्यालयको कार्यसम्पादनमा प्रभावकारिता ल्याउन प्रधानाध्यापक तथा कर्मचारीहरूलाई प्रोत्साहन कार्यक्रम राखिनेछ। कार्यसम्पादन तथा योगदानका आधारमा शिक्षाप्रेमी बुद्धिजीवि तथा शिक्षकहरूलाई सम्मान गरिनेछ ।
– बाल विकास केन्द्रमा कार्यरत शिक्षक दरबन्दीमिलान कार्यविधिका आधारमा स्वैच्छिक अवकाश लिने बाल शिक्षकहरूलाई “सुनौलो कोशेली” सहित बिदाइ गरिनेछ। प्रतिश्पर्धाको आधारमा योग्य शिक्षकहरुलाई मात्र सेवामा निरन्तरता दिईनेछ ।
– नगरपालिकाको शिक्षा क्षेत्रको सुधारमा टेवा पुर्याउने उद्देश्यले नगर स्तरीय अविभावक संघ गठन गरी कार्यान्वयनमा ल्याईनेछ ।
(राजमार्गसँग जोडिएका विद्यालयहरुको मूलगेट सकेसम्म राजमार्ग भन्दा अलग दिशातर्फ पर्ने गरी क्रमशः ब्यवस्थापन गरिनेछ। विद्यालयक्षेत्रमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न आवश्यक व्यवस्थापकिय कार्य गरिनेछ।
स्वास्थ्यतर्फः
(मातृशिशु स्वास्थ्यलाई प्रवर्धन गर्न गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यलाई ध्यान दिई सुनौला हजार दिनको कार्यक्रमलाई प्रभावकारी रुपमा लागु गर्न मातृशिशु पोषण कार्यक्रम लागु गरिनेछ।
– सर्पको डसाईवाट बर्षेनी कतिपय मान्छेको ज्यान जाने गरेको हुँदा सोबाट हुने क्षति न्यूनीकरण गर्न नगरपालिकाको उपयुक्त स्थानमा सर्प दशं उपचार केन्द्र स्थापना गरिनेछ ।
(कोहलपुर नगरपालिका वडा नं। ११ नगर अस्पताल भवन निर्माणलाई निरन्तरता दिई २ बर्ष भित्र पुरा गरी सचांलनमा ल्याइनेछ। आधारभूत नगर अस्पतालमा एम।वि।वि।एस। डाक्टरको सेवालाई निरन्तरता दिई थप जनशक्ति सहित उपचारलाई व्यवस्थित वनाईनेछ। साथै आगामी आ।ब। देखि शमशेरगंज स्वास्थ्य चौकीबाट समेत चिकित्सकीय सेवा उपलब्ध हुने व्यवस्था गरिनेछ । स्वास्थ्यकर्मीलाई ग्क्न् सम्बन्धी तालिम र उपकरणको व्यवस्था गरिनेछ ।
(सिकलसेल एनिमिया तथा थालेसेमियाका बिरामीलाई स्क्रिनिङ्ग पछीको व्यवस्थापन गर्न नगरक्षेत्रमा रहेका विशेषज्ञहरुको समन्वयमा आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ र सिकलसेल ल्याव संचालन सुधार ल्याईनेछ र आगामी आर्थिक वर्षमा अस्पतालमा मृर्गौलाको डायलाईसिस् सेवा संचालन गर्न तयारी गरिनेछ।
(नगरपालिकामा अत्यावश्यक हुने रक्त सेवालाई परिपूर्ति गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरु आयोजना गरी रक्तदान कार्यक्रम संचालन गरिनेछ। रक्तदाता र प्रापकको सम्बन्ध स्थापित गर्न सूचना प्रविधिको उच्चतम् प्रयोग गरिनेछ।
– दीर्घसेवा गरी अवकास हुने महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई सम्मान सहितको अवकासको ब्यवस्था गरिनेछ । साथै कार्यरत महिला स्वयं सेविकाहरुको क्षमता विकासको कार्यक्रम सञ्चालन गरिनेछ ।
(गाउँघर क्लिनिकलाई निरन्तरता दिँदै गर्भवती तथा सुत्केरी आमाको नियमित जाँच कार्यक्रमलाई निरन्तर गराइनेछ। पाठेघर स्क्रिनिङ् क्याम संचालन एवं स्वास्थ्य चेकजाँच गर्न घुम्ती शिविर संचालन गरिनेछ। गर्भवति महिलाहरुका लागि निस्शुल्क क्यालसियमको व्यवस्था गरिनेछ। प्रत्येक महिनाको एक दिन वडागत रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
(संस्थागत विकास अन्तर्गत सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न किसिमका तालिम एवं क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ। महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई उचित तवरले उत्प्रेरित गर्ने क्रियाकलापहरु संचालनमा ल्याईनेछ ।
(सबै वडाहरुमा रहेका स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाइ सेवा प्रवाह गरिनुका साथै आँखा, मुटु, दम तथा स्वासप्रस्वास, मृगौला, पाठेघर सम्बन्धी रोग लगायतका विरामीहरुलाई लक्षित गरि हरेक महिना वडागत रुपमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
(कोहलपुर नगरपालिका भित्र रहेका सम्पूर्ण नीजि स्वास्थ्य संस्थाको बर्गीकरण भौतिक तथा जनशक्तिको अवस्था र सेवा प्रवाहको अवस्था समेतको तथ्याङ्कीय अभिलेख राखी सामाजिक उत्तरदायित्व अन्तर्गत सेवा प्रवाहमा सहभागी गराइनेछ। नीजि स्वास्थ्य संस्थाको विकासमा आवश्यक नीति तर्जुमा गरिनेछ ।
– लागु औषध दुर्व्यसनमा लागेका युवा तथा किशोररकिशोरीहरुलाई पुनर्स्थापनाको व्यवस्था गरि लागु पदार्थ दुर्व्यसन विरुद्ध सामाजिक चेतना अभिवृद्धि गरि व्यक्ति, समुदाय र विद्यालयको सहभागितामा विविध कार्यक्रम गरिनेछ।
नगर सभाका सदस्यज्यूहरु,
अब म नगरपालिकाको पूर्वाधार विकास तर्फका नीतिहरु प्रस्तुत गर्न चाहन्छुः
– आर्थिक वर्ष २०७८र७९ मा प्रारम्भ गरिएका नगरस्तरीय गौरवका एवं पूर्वाधारतर्फका आयोजनाहरु समयमै सम्पन्न हुन नसक्ने अवस्थालाई मध्यनजर गरी उक्त योजनाहरु पूर्णता दिने गरी बजेट ब्यवस्थापनको नीति लिईनेछ ।
(पटक पटक म्याद थप भएका र निर्माणमा ढिलाई भएका एवं साना साना योजनाहरु चालु आर्थिक वर्षभित्रै सम्पन्न हुन नसकेमा त्यस्ता योजनाहरुको म्याद थप नगरी निर्माण कार्यमा ढिलाई गर्ने निर्माण ब्यवशायीलाई दण्ड र पुरस्कारको नीति लिईनेछ ।
(दीर्घकालीन विकासका संरचना तयार पार्ने कामलाई निरन्तरता दिेदै हरेक वडा केन्द्रलाई नगरको केन्द्र र हरेक गाउँवस्तीलाई वडाको केन्द्र जोड्ने गरी पुर्वाधारको निमाणलाई प्राथमिकता दिईने छ ।
(वडा नं। २ मा प्रदेश र सङ्घीय सरकारसगँको सहकार्यमा कभर्डहल तथा बाल अस्पताल, वडा नम्बर १० मा कोहलपुर चिल्ड्रेन पार्क तथा थारु म्युजियम, वडा नम्बर १५ मा पेडारी नालामा पक्की पुल निर्माण र वडा नम्बर १० को हाइस्कुल चोक, वडा नम्बर ११ को साझाचोक र न्युरोड चोकमा आकाशे पुल निर्माणको कार्यलाई अगाडि बढाउन प्रदेश सरकार एवं संघीय सरकार सँग समन्वय गरिनेछ ।
(नगरको बिकास निर्माणको काममा संलग्न हुने निर्माण ब्यवसायी, डकर्मी, सिकर्मि र उपभोक्ता समितिहरुको लागि सीप र दक्षता बृद्धि गरी थप क्षमता बिकास गर्न अभिमुखिकरण गरिनेछ।
– नगरपालिकाभित्र रहेका भुमिहीन दलित, भुमिहिन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुको वसोवासको व्यवस्थापन गर्ने कार्य यसै आर्थिक बर्ष भित्र पुरा गरिनेछ।
(सरसफाई, हाम्रो पहिचान भन्ने नाराका साथ नगरपालिका भित्र सरसफाई अभियान टोल सुधार समिति मार्फत अभियानको रुपमा संचालन गरिनेछ। सवारी साधनबाट सडकमा कुनै किसिमको फोहोर फाल्न नदिने गरी नियम बनाई सो को पालनामा कडाई गरिनेछ।
(वडा नं। २ तेह्र विगाहमा नगरपालिका स्तरीय खेलमैदान बनाइने छ, एक वडा एक खेलमैदानका रुपमा, खेल मैदानहरुलाई क्रमशः विकास गरिनेछ।
– बैंक तथा वित्तिय संस्थाहरुलाई नगरपालिकाले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न प्रेरित गरिनेछ। योजना तथा बजेटको आकार हेरी ठेक्का टेन्डर गर्दा आवश्यकता अनुसार वहु९वर्षीय ठेक्का गरि निर्माण कार्य संचालन गरिने छ ्र
(विषयगत क्षेत्रका बाहेक पुर्वाधार क्षेत्रका योजनाहरु समयमै गुणस्तरीय किसिमले सम्पन्न गर्न समयमै ठेक्का बन्दोबस्ती गरिनेछ । १० लाख भन्दा ठूला सबै र आवश्यकता अनुसार अन्य योजनारुलाई समेत प्रतिश्पर्धाको माध्यमबाट ठेक्का ब्यवस्थापन गरिनेछ ।
(चालु आर्थिक वर्षमा समयमै सम्पन्न हुन नसक्ने योजनाहरु अन्त्य गरी ठूला र नगर गौरबका योजनाहरुमा बजेट अभावका कारण सम्पन्न हुन नसकेका अधुरा योजनाहरुको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।
(विकास साझेदार संघ, संस्था तथा कार्यालय संग समन्वय गर्दै साझेदारीको लागि म्याचिङ् फण्डमा आवश्यक बजेटको व्यबस्था गरिने छ
– नगरपालिकामा हुने घर नक्शा पास गर्दा लिईंदै आएको धरौटी रकम नलिई घर धनीले निर्माण कार्य गर्दा हुने सार्वजनिक संरचनाको क्षति घर धनी स्वयंले ब्यहोर्ने गरी नीति बनाईनेछ ।
– नगरपालिकाका विभिन्न धर्म एवं रीति रिवाज मान्ने समुदायलाई समेट्ने गरी उपयुक्त स्थानमा शव दाह गृह तथा समाधिस्थल निर्माणको कार्य प्रारम्भ गरिनेछ ्र साथै अन्तरपालिका समन्वयमा शव दाह स्थलको बैकल्पिक व्यवस्थापन गरिनेछ।
– नगरपालिका क्षेत्र भित्र अव्यवस्थित रुपमा रहेका बिद्युत तथा टेलीफोनका पोलहरु हटाईने तथा स्थानान्तरण गरिनेछ। खानेपानी तथा विद्यूत सँग सहकार्य गरी कार्य गरिनेछ ।
(नगरपालिका क्षेत्रका राजमार्ग जोड्ने एवं मापदण्ड पुगेका सडकहरुको क्रमशः स्तरोन्नती गर्दै लगिनेछ ।
(नगरपालिकाको आफ्नै एकीकृत प्रशासनिक भवन स्थापना गर्न भवन निर्माण कार्य अघि बढाईनेछ।
– नगरपालिकाको घुईयबारी सल्यान सडक खण्डको निर्माण कार्य अघि बढाउन संघीय एवं प्रदेश सरकारसँग समन्वय गरिनेछ । सो का लागि आवश्यक पर्ने विस्तृत परियोजना प्रतिवेदन एवं प्रारम्भिक वातावरणीय परीक्षण तयार गरिनेछ ।
(आगामी आर्थिक वर्षमा नगरपालिकाको प्रमुख प्राथमिकता पहिचान गरी सम्पूर्ण वडाहरुबाट माग गरी एक योजना बैंक स्थापना गरिनेछ ।
– नगरपालिका क्षेत्रमा विज्ञान संग्रहालय स्थापना गर्न सम्भाव्यता अध्ययन गरिनेछ।
वाताबरण तथा विपद ब्यवस्थापन क्षेत्र
(एक घर दुई विरुवा हामी आफै कुरुवाू भन्ने मूल नाराका साथ आथिक वर्ष २०७९र८० देखि घर नक्सा पास गरी निर्माण गर्ने धनीले नयाँ घरको निर्माण सम्पन्न प्रमाण९पत्र लिनु पुर्व कम्तिमा दुई वटा बिरुवा अनिवार्य रुपमा रोपि संरक्षण गरेको प्रमाणका आधारमा प्रमाणपत्र जारी गरिने नीति लिईनेछ।
(जोखिमबाट प्रभावित क्षेत्रहरुको पहिचान गरी विपद व्यवस्थापन पूर्वतयारी योजना निर्माणका साथै विपद् व्यवस्थापन कोषलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ ।
(समुदायसँगको साझेदारीमा फोहोर मैला व्यवस्थापन गर्दै जाने नीति अनुरुप फोहरको वर्गीकरण तथा व्यवस्थापन गरिनेछ । फोहर व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने व्यक्ति व्यवसायीलाई सम्मान गरिनेछ।
– प्लाष्टिकको झोला प्रयोग कार्यलाई निरुत्साहित गर्दै वातावरणमा प्रतिकूल प्रभाव पार्ने प्लाष्टिक झोलाको विकल्प खोजी गरिने नीति लिइनेछ ।
– विपद् पिडित नागरिकलाई राहत तथा पुनर्स्थापना कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरि नगरपालिकामा बिपद् सूचना केन्द्रको स्थापना तथा सञ्चालन गरिनेछ।
– डिप एवं समरसिबल पम्पको अत्याधिक जडान एवं पानीको उपयुक्त रिचार्जको अभावका कारण हुने भूमीगत पानीको समस्यालाई निराकरण गर्न डिप एवं समरसिबल पम्प जडान गर्दा चार किल्लाका सँधियारको सहमति लिई सम्बन्धीत वडाबाट अनुमति लिएर मात्र बोरिङ् गर्नुपर्ने नीति लिईनेछ। नीजि घरमा पानीको रिचार्ज सिस्टम बनाउने घरधनीलाई नक्सापास दस्तुरमा १० प्रतिशत छुट दिईने नीति लिईनेछ।
– विपद जोखिम न्यूनीकरणको लागि नगरपालिकाको आफ्नै विपद् प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ।
(बाँके राष्ट्रिय निकुञ्जका बन्यजन्तु बस्तीमा पसी हुने बन्यजन्तु मानव द्वन्द्व न्यूनीकरणका लागि तारजाली र उचित प्रबन्ध गर्न सम्बन्धीत निकायमा समन्वय गरि जंगली जनावारबाट हुने मानवीय क्षतिको उचित क्षतिपूर्तीको लागि सम्बन्धीत निकायसँग समन्वय गरिनेछ। साथै बाघको आक्रमणबाट निधन भएका नागरिकलाई रु एक लाख क्षतिपूर्ती दिइने व्यवस्था गरिनेछ र पशुधनको हकमा आवश्यक व्यवस्था गरिनेछ।
न्यायिक क्षेत्रः
– न्यायिक समितिको सेवालाई विश्वसनीय बनाउन नागरिक अन्तक्रिया र छिटो छरितो न्याय सम्पादनको लागि विधुतीय प्रणालीको व्यवस्था मिलाईनेछ । न्यायिक विकासका लागि साझा अवधारणा निर्माणका लागि वहस तथा पैरवी कार्यक्रम संचालन गरिनेछ ।
– प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना गरि संचालन गरिनेछ । न्यायिक समिति एवं मेलमिलापकर्ताहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिनेछ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्र
– आवश्यकता, लागत, समय, अपेक्षित प्रतिफल तथा प्रभावको आधारमा आयोजना तथा कार्यक्रमको वर्गीकरण तथा प्राथमिकीकरण गरी सन्तुलित रुपमा स्रोतको परिचालन र विभाजन गरिनेछ । आयोजना र कार्यक्रमको संख्याभन्दा गुणात्मक पक्षलाई जोड दिइनेछ । राजश्व संकलन, योजना तथा कार्यक्रमहरु कार्यान्वयनलाई आ।व।को शुरु महिनामा नै कार्ययोजना, जिम्मेवारी सुनिश्चित गरी सबै आयोजना र कार्यक्रमहरु यथा समयमा सम्पन्न गरिने आधार तयार गरिनेछ ।
(योजना तथा कार्यक्रम अनुगमन प्रक्रियालाई प्रभावकारी तथा वैज्ञानिक बनाईनेछ । ५ लाख माथिको सम्पूर्ण योजनाहरुको अन्तिम बिल एवं रनिङ् बिल भुक्तानी गर्दा नगर स्तरीय अनुगमन समितिको सिफारिसमा फरफारक गरिनेछ । सो भन्दा कम लागत अनुमान भएका योजना वडा समितिबाटै अनुगमन गर्ने ब्यवस्था मिलाईनेछ।
– बोलपत्र एवं दरभाउपत्रबाट सम्झौता भए पश्चात ठेक्कामा घट भएको रकमबाट नगर कार्यपालिकाको निर्णयले नयाँ योजना बनाई एक भन्दा बढि योजनाहरुको एकमुष्ट टेण्डर गर्ने नीति लिईनेछ ।
– विस्तृत परियोजना प्रतिवेदन एवं कोटेशनबाट हुने निर्माण खरिद प्रक्रियालाई पारदर्शी मितब्ययी र प्रतिश्पर्धी बनाउन औचित्य र आवश्यकताको आधारमा पूर्व स्वीकृती लिएर मात्र सार्वजनिक सूचना आव्हान गर्ने नीति लिइनेछ ।
(सम्पूर्ण वडाहरुमा टोल बिकास सँस्थाहरु गठन गरी कार्यान्वयनमा ल्याईनेछ ।
(सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षणलाई अनिवार्य शर्तका रुपमा अवलम्वन गरी उत्तरदायित्व, पारदर्शिता र सुशासन अवलम्वन गरिनेछ ।
(नगरपालिकाको वार्षिक नीति, कार्यक्रमको कार्यान्वयनलाई प्रभावकारी बनाउन सुपरिवेक्षण एवम् अनुगमन संयन्त्रलाई प्रभाबकारी बनाईनेछ ।
ज्ञद्दण्। शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रको आधारभूत तथ्यांकहरु अध्यावधिक गरी संघीय सरकारबाट तयार गरिने सफ्टवेयरमा नगर प्रोफाइल तयार गरिनेछ ।
– साबिक स्थानीय निकायबाट समायोजन भई आएका कर्मचारीहरुको वृति विकासका लागि आवश्यक ऐन, नियम, कार्यविधी तथा मापदण्ड तर्जुमा गरी लागू गरिनेछ। नगरपालिका अन्तरगतका वडा कार्यालयमा कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी कार्यसम्पादनमा प्रभावकारीता कायम गर्न प्रोत्साहन भत्ता उपलब्ध गराइनेछ ।
– कर्मचारीलाई आर्थिक वर्षको सुरुमै जिम्मेवारी तोकी कार्यसम्पादन नतिजाको आधारमा उच्च मनोबल सहित कार्य गर्ने वातावरण तयार गरी उचित प्रोत्साहन गरिनेछ ।
(संघीय सरकारको नीति अनुरुप यस नगरपालिका र अन्तर्गत रहेका कर्मचारीको वृत्तिविकास गरी उच्च मनोवलका साथ काम गर्न प्रोत्साहित गरिनेछ ।
– लोकतन्त्र र मानवअधिकारको पालन गर्न गराउन सचेतनामूलक कार्यक्रम संचालन गरिनुका साथै बालमैत्री, छुवाछुतमुक्त, पूर्ण खोप, पूर्ण सरसफाईयुक्त, बालश्रम मुक्त र बालबिबाह रहित नगरपालिका बनाउन आबश्यक कार्ययोजना वनाई कार्यान्वयन गर्दै लगिनेछ ।
(नगर क्षेत्र भित्र भैरहेका विकास योजना, नगरका सार्बजनिक सम्पत्तिको संरक्षण गर्न, बजार अनुगमन लगायतलाई प्रभावकारी बनाउन प्रचलित कानुन बमोजिम नगर प्रहरीको व्यबस्थापन गरिनेछ ।
(कार्यसम्पादनमा आधारित प्रोत्साहन सुविधा मार्फत कर्मचारीहरुलाई सेवा प्रति थप जिम्मेवार बनाई सेवा प्रवाहलाई थप प्रभावकारि बनाईनेछ ।
(राज्यको चौथो अगंको रहेको पत्रकारिता तथा सचांर माध्यमलाई नगर क्षेत्रभित्र थप ब्यवस्थित रुपमा समन्वय गर्नका लागि वर्गिकरण गरि आवश्यक समन्वय तथा प्रोत्साहन गरिने छ।
– कर्मचारी तथा जनप्रतिनिधिहरुको स्वास्थ्य बीमा तथा दुर्घटना विमा गरी जोखिमलाई न्युनिकरण गर्ने नीति लिइनेछ ।नगरपालिकाको (दुर्गम क्षेत्रमा काम गर्न खटिने कर्मचारीहरुलाई उचित प्रोत्साहनको ब्यवस्था गरिनेछ ।
(बैशाख २५ गते नगरपालिकाको स्थापना दिवस रचनात्मक क्रियाकलापहरु संचालन गरी गरिनेछ। सो अवसरमा नगरपालिकाको (ट करदाता सम्मान कार्यक्रम गरिनेछ ।
– नगरपालिकाका हरेक गतिविधिलाई सूचना प्रविधिसँग जोड्ने उद्देश्यका साथ आफ्नै अप्टिकल फाईबर प्रणाली सहित नगर (क्षेत्रका १५ वटै वडामा सिसिटिभी जडान एवं एकीकृत सफ्टवेयर संचालनमा ल्याईनेछ ।

Nabintech