१४ बैशाख २०८१, शुक्रबार
इन्धनको मूल्यवृद्धिको विरोधमा कोहलपुरमा प्रदर्शन


पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बाँकेको कोहलपुरमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले बिहान कोहलपुरको साँझा चोकमा टायर बालेर एक घण्टा विरोध प्रदर्शन गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन घिमिरेले जानकारी दिए ।

‘चर्को मूल्य वृद्धिको विरुद्धमा बृहत् विरोध प्रदर्शनको साथै एक घण्टा चक्काजाम गरिएको हो’ उनले भने, ‘अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटिको आयोजनामा विरोध प्रदर्शन गरेका छौं ।’

नेपाल आयल निगमले सोमबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ ।

Nabintech