१५ बैशाख २०८१, शनिबार
कोलम्बियामा वामपन्थी जित, पूर्वगुरिल्ला नेता  बने राष्ट्रपति


 

राष्ट्रपति पदका लागि आइतबार कोलम्बियामा भएको मतदानमा वामपन्थी उम्मेदवार गुस्ताबो पेट्रो थिए। पेट्रो कोलम्बियामा पहिलो वामपन्थी राष्ट्रपति बनेका छन्। उनले आइतबार भएको मतदानमा व्यापारी रुडोल्फ हर्नान्डेजलाई पराजित गरेका हुन्।

पहिलो चरणको मतदानमा राजधानी उनले राष्ट्रपति पदका लागि उम्मेद्वारी दिएका अन्य ६ जनालाई उछिने पनि ५० प्रतिशत मत कटाउन सकेनन्। दोस्रो चरणमा शीर्ष दुई प्रतिश्पर्धी मैदानमा थिए। गत आइतबार भएको निर्वाचनमा उनले हर्नान्डेजभन्दा करिब सात लाख धेरै मत पाए।

पेट्रोले ५०.५ प्रतिशत मत र हर्नान्डेजले ४७.३ मत प्राप्त गरेका छन्। राष्ट्रपति पदमा निर्वाचित भएसँगै पेट्रोले कोलम्बियाका नागरिकलाई सम्बोधन गर्दै भनेका छन्, ‘आजबाट कोलम्बिया परिवर्तन हुनेछ, कोलोम्बिया फरक हुनेछ।’

पेट्रो युवावस्थामा कोलम्बियामा रहेको गुरिल्ला संगठन एम–१९ का सदस्य थिए। उनी कोलम्बियाको राजधानी बोगोटाको मेयर हुँदै राष्ट्रपतिसम्म बनेका छन्।

को हुन पेट्रो ?
पेट्रोको जन्म सन् १९६० मा कोर्डोबास्थित एक किसान परिवारमा भएको थियो। सन् १९७० को दशकमा उनको परिवार कोलम्बियाको भित्री शहर जिपाक्विरामा बसाइँ सरेको थियो।

१७ वर्षको उमेरमा पेट्रो ‘एम–१९’ ९नाइन्टिन्थ अफ अप्रिल मुभमेन्ट० को सदस्य भएका थिए। यो सरकारविरुद्ध संघर्ष गरिरहेको गुरिल्ला संगठन थियो। त्यसअघि नै कोलोम्बियामा कम्युनिष्ट विद्रोहीहरूको शक्तिशाली संगठन ‘रिभोलुसनरी आर्म्ड फोर्से अफ कोलम्बिया– पिपल्स आर्मी’ ९फार्क० सक्रिय भइसकेको थियो। तर, पेट्रो यो संगठनमा भने थिएनन्। फार्क पनि अहिले शान्तिपूर्ण राजनीतिमा आइसकेको छ।

सन् १९८१ मा उनलाई जिपाक्विराको ओम्बुड्सम्यान ९सरकारले नियुक्त गर्ने एक अधिकारी० बनाइयो। सन् १९८४ देखि १९८६ सम्म उनी काउन्सिल म्यानको रूपमा काम गरे। तर, सन् १९८५ मा उनलाई सेनाले गैरकानुनी रूपमा हतियार राखेको भन्दै गिरफ्तार गरेको थियो। उनी १८ महिनासम्म जेल बस्न बाध्य भएका थिए।

अर्थशास्त्रको अध्ययन गरेका पेट्रोसहित अन्यले सन् १९९० मा एम–१९ छाडेका थिए। त्यसपछि एम–१९ का पूर्वसदस्यहरु मिलेर राजनीतिक पार्टी गठन गरे, जसको नाम थियो–एम १९ डेमोक्रेटिक अलाइन्स। उक्त पार्टीले सन् १९९१ को चुनावमा तल्लो सदनमा उल्लेख मात्रामा सिट जितेको थियो।

उनले सन् २००२ को निर्वाचन उनका पूर्वसहकर्मी तथा एम–१९ कै पूर्वसदस्य एन्टोनियो नाभारो फुल्फसँग मिलेर स्थापना गरेको ‘भाया एल्टरना पोलिटिकल मुभमेन्ट’ स्थापना गरे। त्यस वर्ष नै भएको निर्वाचनमा उनी बोगाटाबाट तल्लो सदनमा निर्वाचित भएका थिए। उनलाई सदनका अन्य सदस्य र मिडियाले पनि उत्कृट सदस्य भएको बताएका थिए।

सन् २००६ मा उनी प्रतिनिधि सभामा निर्वाचित भए। यहि बेला उनले ‘पारापोलिटिक्स स्क्यान्डल’को खुलासा पनि गरेका थिए। विपक्षीको रुपमा निरन्तर आवाज उठाइरहेका उनले जीवनमा धेरै पटक हत्याको धम्की पाए। २००७ मे ७ मा उनीविरुद्ध दुई सैनिक अधिकारीहरुले जासुसी गरिरहेको पत्ता लागेपछि उनीहरुलाई पक्राउ पनि गरिएको थियो।

सन् २००८ मा पेट्रोले पहिलो पटक आफूलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्ने इच्छा भएको सार्वजनिक गरेका थिए। उनले सन् २०१० को चुनावलक्षित भएर यस्तो अभिव्यक्ति दिएका थिए। वैकल्पिक लोकतान्त्रिक ध्रुवमा उनले आफ्नो निकटता बढाए। उनले सत्ताबाट अपराधिक व्यक्तिदेखि न्यायिक क्षेत्रको सुधार गर्नेजस्ता कुराहरु गर्थे। उनी २००९ सेप्टेम्बरमा भएको पार्टीको प्रराम्भिक चुनावमा कार्लोस गाभिरियालाई पराजित गरेर राष्ट्रपतिमा उम्मेदवार बन्ने बाटो खोलेका थिए।

२०१० मे ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा उनले आफूले अनुमान गरेभन्दा राम्रो प्रदर्शन गरे। उनले कुल १३ लाख ३१ हजार २६७ मत प्रप्त गरे। कुल मतको ९।१ प्रतिशत ल्याउँदै उनी चौथौं भएका थिए।

त्यसपछि भने उनी कोलम्बियाको राजधानी बोगोटाको मेयर भएका थिए। सन् २०११ अक्टोबरमा भएको चुनावमा उनी मेयरमा निर्वाचित भएका थिए। आफ्नो कार्यकालमा सब–वे निर्माणदेखि रेल–वे प्रणालीको सुधारमा उनले निकै सफल कामहरु गरेका थिए।

पछि सन् २०१८ को चुनावमा उनी राष्ट्रपति निर्वाचनमा पुनः उम्मेदवार बने। यसपटक भने उनी दोस्रो भए। पहिलो चरणमा भएको निर्वाचनमा दोस्रो भएपछि उनी दोस्रो चरणमा प्रतिश्पर्धा गर्न योग्य भएका थिए। तर, दोस्रो चरणमा उनी पराजित भए। ह्युमेन कोलोम्बिया पार्टीका तर्फबाट उम्मेदवार भएका उनले ८० लाख मत पाए। राष्ट्रपतिमा निर्वाचित भएका डेमोक्रेटिक सेन्टर पार्टीका इभान दुक्वेले १ करोड ३ लाख मत पाएका थिए।

सन् २०२१ मा पेट्रोले पुनः २०२२ को चुनावमा उम्मेदवार बन्ने घोषणा गरे। २०२१ सेप्टेम्बरमा उनले आगामी राष्ट्रपतीय निर्वाचनमा सफल नभए राजनीतिबाट नै सन्यास लिने बताएका थिए।

यस निर्वाचनमा उनले हरित ऊर्जाको उपयोगमा वृद्धि तथा आर्थिक असमानतामा कमी ल्याउनेजस्ता अभियानहरु चलाए। त्यस्तै कोलम्बियामा भइरहेको जीवाश्म इन्धनको प्रयोगका कारण भइरहेको हरित गृह ग्यासको उत्सर्जनलाई घटाउनेजस्ता मुद्दाहरु उठाएका थिए।

पेट्रोले मे २९ मा भएको पहिलो चरणको चुनावमा ४० प्रतिशत मत पाएका थिए। दोस्रो चरणमा स्वतन्त्र उम्मेवार रहेका व्यापारी रोडोल्फो हर्नान्डेजलाई पराजित गरे। जितपछि उनले भनेका छन्, ‘यो जित ईश्वरका लागि जित हो र जनताका लागि जित हो।’

जितपछि ट्विट गर्दै पेट्रोले आफ्नो देश र जनताको समस्या समाधानमा जोड दिने बताएका छन्। अर्थशास्त्रका साधक भएकाले पनि उनको जितले कोलम्बियाको अर्थतन्त्र र विकासको पक्षमा काम हुने अनुमान गरिएको छ। उनले ट्विटरमा लेखेका छन्, ‘आज मेरो मातृभूमिको मुटुमा पहिलेदेखि रहेका पीडाहरूले यो खुसीको बाढीले कम गर्न सक्छ होला। आजको दिन सडक र गल्लीहरूको दिन हो।’

एजेन्सीहरुको सहयोगमा

Nabintech