१४ बैशाख २०८१, शुक्रबार
बाँकेको जफरपुरुवाबाट अवैध काठ बरामद


बाँकेको डुडुवा गाउँपालिका २ स्थित जफरपुरुवाबाट १ लाख मूल्य बराबरको अवैध सालकाे काठ नेपाल प्रहरी, सशस्त्र प्रहरी, झोरा सामुदायिक वन र वन कर्मचारीहरुको टोलिले बरामद गरेको छ ।

शुक्रवार नेपाल प्रहरी, शशस्त्र प्रहरी, झोरा सा.व. पदाधिकारी र डिभिजन वन कार्यालय बाँकेको सयुक्त टोलीले डुडुवा गाउँपालिका २ जफरपुरुवा बस्ने कमाल खाँको घरबाट ३१.६७ क्वी फिट अवैध रुपमा काटी ल्याई लुकाई राखिएको सालकाे काठ नियन्त्रणमा लिएको जनाएको छ ।

टोलिले स्थानीय व्यक्तिहरूको रोहवरमा अवैध काठ बरामद गरेको हो । अवैध रूपमा सालकाे काठ घरमा लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाको आधारमा सो टोलिले अपरेसन सुरु गर्ने क्रममा सालकाे काठ बरामत गरेकाे जिल्ला बव डिभिजन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए । कडेलका अनुसार दोषी कमाल खाँन फरार रहेको छ ।

Nabintech