१४ बैशाख २०८१, शुक्रबार
विकासे बजेट फ्रिज नगर्न मन्त्री अथकको कडा निर्देशन


नेपालगन्ज/ बिकास निर्माणका लागि आएको बजेट फ्रिज नगरी तिब्रताका साथ कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले निर्देशन दिएका छन् ।
बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेको सभाहलमा भएको कार्यक्रममा कार्यालय प्रमुखहरुलाई निर्देशन दिदै सबै बजेट तदारुकताका साथ कार्यन्वयन गर्न भनेका हुन ।


बिकास निर्माणको अवस्था र आईपरेका समस्या र समाधानको उपाय खोजीगर्ने उद्धेश्यले आयोजना गरिएको बैठकमा मन्त्री अथकले बिकस निर्माणको ठेक्का लिएका निर्माण कम्पनीहरुले ठेक्का पाई सकेपछी काम नगर्ने र ढिलासुस्ती गर्ने प्रचलनले बिकासको गति पछि धकेलिएको स्मरण समेत गराए । करिब एक दर्जन बढि कार्यालय प्रमुखहरुको उपस्थिति रहेको बैठकमा मन्त्री अथकले कुनैपनि कार्यालय लाई काम गर्न समस्या भएको खण्डमा आफुले सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउदै तत्काल सबै बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन मन्त्री अथकले काममा लापरवाही र ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीहरु लाई सम्बन्धित कार्यालयले निरन्तर अनुगमन गरिरहने र जनता लाई पनि दवाब सृजना गर्न लगाउनुपर्ने आजको आवश्यकता रहेको उल्लेख गरे । सिक्टा सिचाई आयोजना,हुलाकी सडक,बाँकेमा पुर्ण बिद्युतिकरण लगायत जिल्लाका विभिन्न स्थानमा निर्माण हुनलागेका सडक तथा पुल र बिकास निर्माणको कार्यान्वयनको अवस्थाका बारेमा सम्बन्धित कार्यालय प्रमुखरु सँग जानकारी लिने काम कारवाही बारे समेत जानकारी लिएका थिए । । बैठकमा उपस्थित सम्पुर्ण कार्यालय प्रमुखहरुले समयमै काम सम्पन्न गर्ने प्रतिवद्दता जनाएकाछन । मँगलबार पनि कोहलपुर क्षेत्रका कार्यालय प्रमुखहरु सँग पनि यस्तै प्रकृतिको कार्यक्रम मन्त्री अथकले आयोजना गरेका थिए ।

Nabintech