१४ बैशाख २०८१, शुक्रबार
बाँकेमा अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जा


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवा सङ्गगठन नेपाल, बाँकेले अवैध रुपमा थुपारेर राखिएको नदीजन्य पदार्थ कब्जामा लिएको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिका भित्र पर्ने राप्ती नदी आसपासका नदि किनार, सामुदायिक बन क्षेत्रमा स्टक प्रमाणित नगरी अवैध रुपमा राखिएका ढुङ्गा, गिट्टी र बालुवा लगायतका नदिजन्य पदार्थहरुलाई मंगलबार कब्जामा लिएको हो ।

नदी आसपास तथा सामुदायिक वनमा भण्डारण गरिएका नदीजन्य पदार्थमा युवा संगठनका नेता कार्यकर्ताले “अवैध रुपमा उत्खनन गरी भण्डारण गरिएका गिट्टी, बालुवा जनताको सम्पत्ति घोषणा गर ।” लेखिएको कालो ब्यानर र झण्डा गाडेर अवैध नदीजन्य पदार्थ कब्जा गरेको घोषणा गरेका हुन् ।

युवा सङ्गठन नेपाल, बाँकेका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीपक बुढाको नेतृत्वमा ठूलो संख्यामा पुगेका नेता कार्यकर्ताहरुले स्टक प्रमाणित नगरी राखिएका नदीजन्य पदार्थहरु कब्जा गरेका थिए ।

अवैध नदिजन्य पदार्थ कब्जामा लिए लगत्तै युवा सङ्गठन नेपाल, जिल्ला समिती बाँकेले एक विज्ञप्ति जारी गर्दैँ सत्ता र शक्तिको आडामा जिल्ला भित्र ढुङगा, गिट्टी र वालुवा तस्करी भइरहेको आरोप लगाएको छ ।

उसले राप्तीसोनारी गाउँपालिकाको वडा नम्वर ६ खल्लाटपरी, ढलैया र वडा नम्वर २ को टिकुलीपुर सामुदायिक वन भित्र करोडौको वनपैदावर मासी अवैध रुपमा करोडौ मुल्यपर्ने हजारौं ट्रिपर ढुङगा,गिट्टी र वालुवा रहेको भन्दै त्यो जनताको सम्पति घोषणा गर्नका लागी कव्जा गरिएको जनाएको छ ।

सङ्गठनका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दिपक वुढाद्धारा हस्ताक्षरमा जारी प्रेस विज्ञप्तीमा यस अघिपनि पटक(पटक जिल्लाका सरोकारवाला जिल्ला प्रशासन कार्यालय संग छलफल गर्दा पनि कुनै पनि निकायहरुले चासो नदिएकोले कव्जा गर्न वाध्य हुनु परेको उल्लेख गरिएको छ ।

साथै उनले जनताको सम्पतिको रुपमा रहेको ढुङगा, गिट्टी र वालुवा कसैले चोरी निकासी गरेमा जनताको अभिमत सहित आवश्यक कार्वाही गरिने चेतावनी दिएको छ ।

Nabintech