१४ बैशाख २०८१, शुक्रबार
अपांगता कोटाबाट कांग्रेस केन्द्रिय सदस्यमा युवा नेता खत्री आकांक्षी


कोहलपुर/नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै गर्दा पार्टीका नेताहरुले धमाधम आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । कतिपयले पार्टीको गुटभित्र आफ्नो उम्मेदवारी सुनिश्चित गर्न नेताका घरदैलो धाइरहेका छन् ।

यसैक्रममा महाधिवेशनका लागि बाँकेबाट पनि केन्द्रिय सदस्यका लागि थुप्रै आकांक्षी थपिदै गएका छन् । केन्द्रिय सदस्यका लागि बाँकेका लुटबहादुर खत्री पनि आकांक्षी देखिएका छन् । बाँके क्षेत्र नम्बर १ का महाधिवेशन प्रतिनिधी रहेका उनी संस्थापन (देउवा) पक्षबाट अपांगता कोटामा केन्द्रिय सदस्य पदमा आकांक्षी देखिएका हुन् ।

नेपाल बिद्यार्थी संघ, नेपाल तरुण दल हुदै पार्टीको राजनीतिमा लागेका उनलाई यसअघि कांग्रेसले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार पनि बनाएको थियो । आफु संस्थापन पक्षबाट अपांगता कोटाबाट केन्द्रिय सदस्यका लागि आकांक्षी रहेको युवा नेता खत्रीले बताए ।

‘म नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्षबाट अपांगता कोटामा केन्द्रिय सदस्यको आकांक्षी हुँ,’ उनले भने ‘चुनावको तयारीका लागि म काठमाडौं पुगिसकेको छु, नेताहरुले मलाई उम्मेदवार बनाउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’ पुर्वगृहमन्त्री स्वर्गिय खुमबहादुर खड्का निकट रहेका नेता खत्री हाल संस्थापन पक्षमा छन् ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, पार्टीका महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रिय सदस्य किशोरसिंह राठौर, पुष्पा भुसाल, मोहनबहादुर बस्नेत, नेता देवेन्द्रराज कँडेल लगायत नेताको साथ रहेको खत्री बताउँछन् । ‘संस्थापन पक्षबाट टिकट पाएमा म भारी मतले चुनाव जित्छु,’ उनले भने ‘किनकी म तरुण दलका देशभरका साथीहरुसँग नजिक छु ।’

बाँकेबाटै अन्य ५ जना नेता पनि केन्द्रिय सदस्यका आकांक्षी छन् । संस्थापन पक्षबाट ४ र संस्थापन इतर पक्षबाट एक जनाले केन्द्रिय सदस्यमा आकांक्षा देखाएका हुन् । संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन् ।

यस्तै संस्थापन पक्षबाट पुर्वमन्त्री एवम् कांग्रेस बाँकेका पुर्वसभापति गजेन्द्र हमाल, पुर्वसभासदद्धय आशा बिक र मैकुलाल बाल्मिकी तथा दलित संघका केन्द्रिय उपाध्यक्ष कृष्ण बिक रसाइली आकांक्षी छन् ।

को हुन लुट बहादुर केसी
२०२९ साल सल्यान जिल्ला बिकट ग्रामीण कालीमाटी साविक गाऊ पंचाएत किमिरे गाऊ मा जन्म भैई २०४८ साल देखी ने वि संग बाट राजनिती यात्रा सुरू गर्दै २०४९ साल मा जन्ता मा बि हंसपुर दाङ को स्कूल को ने वि संग अध्यक्ष। २०५१ साल ने वी संघ जिल्ला कार्य समीती दाङ जिल्ला सदस्य बनेका थिए ।
२०५२ साल मा पढाइ को सिलसिलामा मा बांके जिल्ला बसोबास गर्दै आएका केसी बांके जिल्ला को तरण दलको २०५६ मा साबिक रझेना गा बि स को उपाअध्यक्ष को जिम्मेवारी बहन गरेका थिए । सोही क्रममा युवाहरु माझ लोकप्रिय बनेका थिए ।
२०७२ को निर्बाचन मा लुम्बिनी प्रदेश राष्ट्रियसभा सदस्य को उमेदवार बनेका उनि हाल १४ औ महाधिवेशन बांके जिल्ला क्षेत्र नं १ बाट सबै भन्दा बढी मत ल्याई केन्द्रीय महाधिवेशन प्रतिनिधि चएन भएका यूवा नेता हुन लुट बहादुर खत्री ।
पूर्वगृह मन्त्री स्व. खुम बहादुर खड्का का अतिनै विश्वास पात्र नजिक भैई चिनिने र हाल संस्थापन पक्ष का नेता सेर बहादुर देउवा. नेपाल सरकार का वर्तमान गृह मन्त्री बाल कृष्ण खांड, महामन्त्री पूर्ण बहादुर खडका , किसोर सिङ राठोर, देबेन्द्र राज कडेल , पूष्पा भुसाल , नेता मोहन बहादुर बस्नेत लगाएत का केन्द्रीय नेताहरू का नजिक का पात्र मानिन्छन्। उनले संथापनपक्ष बाट टिकट पाएमा भारी मत ले जित्ने नेपाल रेकर्ड लाई बताए । किन की तरूण दल को पोखरा अधिवेशन क्रममा उनि झण्डै ५५ जिल्लामा पुगेर नेता कार्यक्रर्ता संग भेटघाट गरेका थिए ।

Nabintech