१४ बैशाख २०८१, शुक्रबार
बाँकेका सुर्य ढकाल एमालेको खुला केन्द्रिय सदस्यमा चएन


कोहलपुर (बाँके) / नेकपा एमालेको १० औं महाधिबेशनबाट बाँकेका युवा नेता सुर्य ढकाल केन्द्रिय सदस्यमा चएन भएका छन ।
एमाले बिभाजनसंगै बाँके जिल्लाको अध्यक्ष सम्हालेका ढकाल केन्द्रिय सदस्यमा चएन भएका हुन । पार्टी बिभाजनकाको असर कम गर्नका लागी दर्जनांै पार्टीका गतिबिधी गर्ने उनी १० बुदे समहतिको कार्यन्यनका लागी भन्दै पार्टी अध्यक्ष बाट बिदाई लिएका थिए । हाल उनि नेकपा एमाले लुम्बिनी प्रदेशका सचिवालय सदस्य थिए ।
खुला तर्फबाट केन्द्रिय सदस्य बनेका युवा नेता ढकाल यस अघि अनेरास्वबियु र युवा संघको बिभिन्न जिम्मेवारी सम्हाली सकेका छन । २०४५ तिर राजनैतिक जिवन सुरु गरेका उनी युवा संघको केन्द्रीय कार्यवाहाक अध्यक्ष भई काम गरि सकेका थिए ।
निर्वाचित भईसकेपछी नेपाल रेकर्डसंग कुरा गर्दै नेता ढकालले राजनितिमा युवाहरुलाई जर्वजस्त ढंगले स्थापित गर्दै जानु पर्ने धारणा राखे ।
ढकाल संगै बाँके जिल्ला बाट मुश्लिम कोटा बाट मो. हारुन, मधेसी कोटा बाट पशुपति दयाल मिश्र, महिला बाट दिपा शर्मा र शान्ती ढकाल चएका हुन ।
महाअधिबेसनमा अध्यक्ष केपि वलीले ३ सय ३१ सदस्य केन्द्रीय सदस्यको नामावली घोषण गरेको भए पनि अध्यक्षमा भिम रावलले उम्मेदवारी दिने एमाले श्रोतले जानाएको छ । भिम रावल, उपाध्यक्षमा घनश्याम भुषाल लागायतले केही पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।

Nabintech