१४ बैशाख २०८१, शुक्रबार
लाखौं युवाहरुलाई स्वरोजगार बनाउछौ : मन्त्री अथक

एमाले र काँग्रेसको स्थानीय सरकारका कारण कोहलपुरको विकास पछाडी धकेलियो : नेता न्यौपाने



कोहलपुर (बाँके)/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एंव युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले मन्त्रालयले लाखौं युवाहरुलाई स्वरोजगार बनाउने बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरको दोस्रो नगर सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । उनले युवाहरुलाई स्वरोजगार बनाएर बैदेशिक रोजगारमा जानेको संख्यामा क्रमश कमि ल्याउने उनले बताए ।
मन्त्री अथकले माओवादी नेतृत्वमा रहेको भुमिसुधार मन्त्रालयले भुमिहीन तथा सुकुम्बासी र अव्यवस्थीत बसोवासीहरुलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री अथकका अनुसार आयोगले भुमिहीनहरु बसेकै स्थानमा पुगेर पुर्जा बितरण गर्ने समेत बताए ।
उनले देशी बिदेशीहरुले केपी वलीलाई प्रयोग गरेर कम्युनिष्टहरुको एकतालाई भाँडन प्रयोग गरेको दाबि गरे । कम्युनिष्टहरुको सरकारले जनताको जनजिबीकाको सवालमा काम गर्ने आसा रहे पनि वली बिदेशीको गोटी बनेर नेकपाको एकता भाडेको बताए । उनले आफु कोहलपुर र बाँके जिल्लाको समग्र बिकासको काम प्रति प्रतिबद्ध रहेको भन्दै उदाहरणीय काम गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा माओवादी केन्द्र अनुशासन आयोगका सचिव असोक रोकायले पनि बोलेका थिए ।


कार्यक्रममा बोल्दै माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानले एमाले नेतृत्व र काग्रेस सहयोगी रहेको बर्तमान स्थानीय सरकारका कारण कोहलपुरको बिकास १० बर्ष पछि धकेलिएको बताए । उनले ५ बर्षे कार्यकाल सकिन लाग्दा समेत कोहलपुरको दिगो बिकासको मोडेल मास्टर प्लान निर्माण गर्न नसक्नु दुखद भएको बताए । उनले कोहलपुरको बिकास लागि बिद्युतको शाखा कार्यालय, ईलाका प्रशासन कार्यालय माओवादी मन्त्रीको समयमा अगाडी बढाईएको , माओवादीले नगर बिकास समितीको नेतृत्व गर्दा राष्ट्र बैकको क्षेत्रिय गोदाम घर निर्माण सुरु भएको भन्दै कोहलपुरको बिकासका लागी आफुहरु चिन्तीत रहेको बताए ।
नेता न्यौपानेले सम्मेलनले बिभाजित मानसिकतामा रहेको माओवादीलाई एकताबद्ध हुने बताए ।
उनले कोहलपुरको वडाहरुमा सम बिकास नभएको भन्दै कतिपय वडाहरुमा मात्रै बिकास केन्द्रीत हुनु दुखद भएको बताए । कार्यक्रममा माओवादी केन्द्र कोहलपुरका नेता बलराम काफ्ले , रेणुका खड्का , अमर परियार , कृष्ण थारु लागायले पनि बोलेका थिए । उनिहरुले परिर्वतको संवाहक माओवादी भएको भन्दै परिर्वतन बिरोधीहरु जनतामा माओवादी बिरोधी भ्रम छर्न उद्धत रहेको बताएका थिए ।
कोहलपुर नगर सम्मेलन अघि कोहलपुर पार्टी कार्यालयबाट झाँकी सहितको र्यालीले नगर परिक्रमा गरेको थियो ।
माओवादी केन्द्रका अनुसार नगर सम्मेलन अघि माओवादी केन्द्र कोहलपुरले १५ वडामा वडा सम्मेलन र १५ वटै वडामा गरि झण्डै १ सय टोल कमिटी निर्माण गरिएको माओवादी केन्द्र कोहलपुरले जनाएको छ । आज उद्धघाटन सत्र सकिएको र आईतवार नयाँ नेतृत्व चएनका लागी बन्द सत्र सञ्चालन गरिने माओवादी नगर समितीका अध्यक्ष तुलाराज बिष्ट बिहानीले जानकारी दिए ।

Nabintech