१४ बैशाख २०८१, शुक्रबार
एकताबद्ध पार्टी निर्माणमा सम्मेलन ऐतिहासीक हुनेछ : नेता नरेन्द्र पाण्डे

मन्त्री अथकले सम्मेलनको उद्घाटन गर्ने



माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य एंव बैजनाथ गाँउपालिका ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले दोस्रो पालिका सम्मेलनले एकताबद्ध पार्टी निर्माण गर्ने बताएका छन ।
दोस्रो सम्मेलनको अघि शुक्रवार आयोजित पत्रकार भेटघाटमा बोल्दै यस्तो बताएका हुन । उनले सृदृढ संगठन र समृद्ध बैजनाथ हाम्रो अभियान,समाजवाद उन्मुख व्यवस्थाको लागि दोस्रो पालिका सम्मेलन भन्ने मुला नारका साथ हुन लागेको सम्मेलन सर्बसम्मत जुझारु नेतृत्व चएन गर्ने बताए ।
सम्मेलनको प्रमुख अतिथीका रुपमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथक रहने नेता पाण्डेले जानकारी दिए ।
उनले बैजनाथमा एक पटक माओवादीको झण्डा गाड्ने उद्घोषका साथ व्यापक जनमास परिचालनका साथ सम्मेलन सम्पन्न हुने बताए ।
कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । सम्मेलनको उद्घाटन सत्र अघि बनकटवा चोक र रंगिला चोकबाट झाकी सहितका र्याली निकालीने उनले बताए ।
समाबेशी आधारमा नेतृत्व चएन गरिने बताउदै उनले हाल सम्म बैजानमा ३५ वटा टोल कमिटी, वडा समिती, बिभिन्न जनवर्गीय संगठनका सम्मेलन सकिएको जानकारी समेत दिए ।

 

Nabintech