१४ बैशाख २०८१, शुक्रबार
एमाले महाधिबेशनमा बाँकेबाट आधा दर्जन केन्द्रिय सदस्यका आकांक्षी


कोहलपुर (बाँके)/ नेकपा एमालेको १० औं महाअधिबेशन मंसिर १० देखि १२ गते चितवनको सौराहमा आयोजना हुदैछ । यस अघि बिधान महाअधिबेशन सम्पन्न गरेको एमालेले यस पटक नयाँ नेतृत्व चएन गर्दै सम्पन्न गर्ने कार्य योजना छ । महाअधिबेशनबाट सर्व सम्मत केपी वलीलाई सर्वसम्मत नेतृत्व चएन गर्ने तयारी रहे पनि नेता भिम रावलले समेत अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन । अध्यक्ष लागयत पदाधिकारी सर्वसम्मत गराउने तयारी गरिएको भएपनि केन्द्रीय सदस्य पदमा भने व्यक्तिगत तवरले प्रतिष्प्रर्धा हुने एक नेताले बताए ।
अधिकाँस महाअधिबेसन प्रतिनिधी केपी ओली पक्षमा भएपनि महासचिवका दावेदार मानिएका बिष्णु पौडेल र शंकर पोख्रेल नजिकका बिच प्रतिष्प्रर्धा हुने ठानिएको छ । दुवै जना अध्यक्ष ओलीको आर्शिवाद बाट आलीको उत्तराधिकारीको रुपमा महासचिव पदमा जाने दाउमा छन । पौडेल र पोख्रेल समुह खुलि नसकेको भएपनि बाँके जिल्लाबाट झण्डै आधा दर्जनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बिभिन्न माध्यामबाट घोषणा गरि सकेका छन ।
हाल सम्म निर्वतामा केन्द्रीय सदस्य मो हारुन,देबराज भार, सुर्य ढकाल, बिश्वकर्मा, वसन्ती अधिकारी र बिजया धिताले केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेदवारी दाबि गरि सकेका छन ।
को हुन मो हारुन ?

मुश्लिम नेता मोहमद हारुन नेकपा एमालेका केन्द्रीय सदस्य हुन । मुश्लिम कोटाबाट केन्द्रिय सदस्य बनेका हारुन फेरी केन्द्रिय सदस्यमा दोहरीने सोचमा छन ।
पत्रकार पृष्ठभुमि भएका उनि नेपालगंज बासी हुन । हाल उनि नेकपा एमाले बाँकेका जिल्ला सह ईन्चार्ज समेत हुन ।

को हुन देवराज भार ?


नेकपा एमालेको बैकल्प केन्द्रीय सदस्य रही सकेका नेता देवराज भार एमाले बाँकेका प्रभावशाली नेता हुन । केन्द्रीय सदस्य र नेकपा एमालेको तत्कालीन भेरी अंचल ईन्चार्ज समेत बनि सकेका छन । भद्र नेताको छबिमा रहेका भार दोस्रो संबिधान सभामा बाँके क्षेत्र नं १ बाट संबिधान सभा सदस्य रहि सकेका छन ।
उनि पनि अध्यक्ष केपी आली समुहका प्रभावशाली नेताका रुपमा चिन्निछन ।
आफु केन्द्रीय सदस्यमा उम्मेदवारीका लागी नेतृत्व र प्रतिनिधीहरु संग परामर्शमा रहेको भारले बताए । उनले खुला या भुगोल कुन बाट उम्मेदवारी दिने भन्ने बारे छलफलमा रहेको बताए । उनि कोहलपुर बासी हुन ।
को हुन सुयै ढकाल ?

नेकपा एमालेमा भएको बिभाजन संग बाँके जिल्लाको अध्यक्ष सम्हालेका केपी ओली पक्षका खरा कार्यक्रर्ता हुन सुर्य ढकाल । पार्टी बिभाजनका को असर कम गर्नका लागी दर्जनौ पार्टीका गतिबिधी गर्ने उनि १० बुदे समहतिको कार्यन्यनका लागी भन्दै पार्टी अध्यक्ष बाट बिदाई लिएका थिए । हाल उनि नेकपा एमाले लुम्बिनी प्रदेशका सचिवालय सदस्य छन ।
खुला तर्फबाट केन्द्रिय सदस्यमा दाबेदारी प्रस्तुत गरेका युवा नेता ढकाल यस अघि अनेरास्वबियु र युवा संघको बिभिन्न जिम्मेवारी सम्हाली सकेका छन । २०४५ तिर राजनैतिक जिवन सुरु गरेका उनि युवा संघको केन्द्रीय कार्यवाहाक अध्यक्ष भई काम गरि सकेका छन ।
पाचौ महाअधिबेशनमा केन्द्रिय सदस्य बनेकाहरु केन्द्रिय सदस्य मात्रै बन्नका लागि केन्द्रिय कमिटमा आउनु राम्रो नहुने उनको बुझाई छ । उनले पदाधिकार बन्ने अवस्था बाहेक ५ औ महाअधिबेशनमा केन्द्रिय सदस्य बनेका हरुले युवाहरुका लागि बाटो खालि गरिदिनु पर्ने बताउछन ।
बिभिन्न आरक्षण कोटामा २ पटक केन्द्रीय सदस्य भई सकेका मानिस फेरी केन्द्रीय सदस्यमा दोहरिनु भन्दा नयाँलाई अवसर दिनु पर्ने उनको भनाई छ । उनि कोहलपुर बासी हुन ।
को हुन पुजन बिश्वकर्मा ?

माओवादी पृष्ठभुमिका पुजन बिश्वकर्मा २०६५ मा माओवादी त्यागेर पार्टी अध्यक्ष केपि ओलीकोहात बाट टिका लगाएर एमाले प्रबेश गरेका हुन । जिल्लामा केपि ओली पक्षधर भनेर चिनिने मध्ये उनी अगुवा दलित नेता हुन ।
जिल्लाका अगुवा दलित नेता दल बहादुर सुनार एमाले छोडेर नेकपा एकिकृतत समाजवादी तर्फ लागेकाले आफु निर्बिकल्प केन्द्रिय सदस्य बन्ने उनको बुझाई छ ।
दलित कोटा बाट आफुले महाअधिबेशनमा केन्द्रिय सदस्यका लागि प्रतिनिधीत्व गर्ने सोचमा रहेको नेता बिश्वकर्मा बताउछन ।
नेकपा बिभाजन अघि केपी ओलीले बनाएको केन्द्रीय समिती सदस्य रहि सकेका उनि हाल निर्बिकल्प केन्द्रिय सदस्य हुनु पर्ने जिल्लाका अगुवा दलित नेताहरुको बुझाई छ ।
समाबेशी कोटाका नामा काठमाण्डौको वरिपरि बस्नेहरुलाई भन्दा फिल्डमा संगठन निर्माणमा खटिनेले उक्त कोटामा अवसर पाउनु पर्ने नेता बिश्वकर्माको बुझाई छ । उनिले दलित कोटाको उम्मेदवारी दिने तयार गरेको नेपाल रेकर्डलाई बताए । नेकपा एमाले प्रबेश गरे संगै एमालेको अञ्चल कमिटमा रहि सकेका छन । उनि हाल जातिय मुक्ति समाजका केन्द्रीय सदस्य समेत हुन । उनि कोहलपुर बासी हुन ।
को हुन  बसन्ती अधिकारी  ?

हाल नेकपा एमाले प्रदेश कमिटी सदस्य रहेकी बसन्ती अधिकारी खुला तर्फकी केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएकी छिन । यस अघि उनले कोहलपुरमा एमालेको नेतृत्व सम्हाली सकेकी छिन । एमालेको विभिन्न पदको जिम्मेवारी कुशलतापुर्वक निभाएकी अधिकारी बाँके जिल्लामा सवैको रोजाईमा पर्ने गरेकी छन् । महिला अधिकारकर्मीको रुपमा समेत चिनिएकी उनि निडर र सम्भावना बोकेकी नेतृको रुपमा हेर्ने गरिएको छ ।
लामो समय एमालेमा क्रियाशिल भएर लामो राजनीतिक यात्रा कुशलतापुर्वक पारगरेकी उनि सवैको प्रिय पात्रसमेत बनेकी छन् ।उनि कोहलपुर बासी हुन ।

को हुन बिजया धिताल ?

लामो समय सहकारी अभिन्तामा क्रियाशिल बाँके नेपालगञ्ज निवासी विजया धिताल बाँकेकी महिला नेतृ हुन । धितालले सामाजिक सञ्जाल मार्फत केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी रहेको जानकारी गराएकी छिन । हाल नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य रहेकी धिताल नेपाली काग्रेसका स्व सभापति एवम प्रधानमन्त्री सुशिल कोइराला सँग प्रतिस्पधा समेत गरेकी महिला हुन।उनि नेपालगंज बासी हुन ।

Nabintech