२२ बैशाख २०८१, शनिबार
माओवादी बाँकेको बैठक सम्पन्न 


नेपाल कम्युनिष्ट पार्टी माओवादी जिल्ला समन्वय समिति बाँकेको बिस्तारित बैठक बिहीवार बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले जिल्लाको विकास र निर्माणका काम लाई प्राथमिकतामा राख्दै संघ र प्रदेश सँग बिभिन्न योजनाहरू माग गर्ने निर्णय गरेको जिल्ला संयोजक नरेन्द्र पाण्डेले जानकारी दिए ।

माओवादी नेतृत्वमा संघीय सरकार रहेको र लुम्बिनी प्रदेश सरकार समेत माओवादी नेतृत्वमा बन्ने भन्दै उनले पालिका स्तर बाट योजना संकलन गरि पठाउन आग्रह गरिएको जानकारी दिए । उनले बैशाख महिना भर पार्टी सदस्यता नवीकरण , जेठमा वडा सम्मेलन सम्पन्न गर्ने जानकारी समेत दिए । उनले पालिका स्तरमा जनवादी सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने । जनवर्गीय सङ्गठनहरूको जिल्ला भेला सम्मेलन तथा प्रशिक्षण गर्न लागेको समेत जानकारी दिए ।
बैठकमा माओवादी केन्द्रका स्थाई समिति सदस्य द्वय पूर्ण कुमारी सुवेदी र महेश्वर गहतराज अथकले प्रशिक्षण मुलक भनाई राखेका थिए । 

Nabintech