२३ बैशाख २०८१, आईतवार
यातायात कार्यालय नेपालगन्जमा अनलाईन सवारी दर्ता प्रणाली लागू


कोहलपुर (बाके) /यातायात व्यवस्था कार्यलय नेपालगन्जले प्रादेशिक संरचनाको आधारमा सवारी दर्ता प्रक्रिया सुरू गरेकाे छ । सेवाग्राहीकाे सहजताकालागि सवारी साधन दर्ता गर्ने र नयाँ नम्बर प्लेट समेत उपलब्ध गराउन सुरू गरीएकाे कार्यालयले जनाएकाे छ ।

यातायात कार्यालय नेपालगन्जका सूचना अधिकृत माेहन घर्ती मगरले साना ठूला सबै सवारीसाधनको दर्ता प्रदेश नम्बरको आधारमा हुने बताए । नयाँ ब्यवस्था अनुसार सबैभन्दा अगाडि माथिल्लो लाइनमा प्रदेशको नाम रहने छ भने त्यसपछि प्रदेश अन्तर्गतको यातायात कार्यालयको कोड नम्बर रहने छ । तल्लो रोमा भने लट नम्बर त्यसपछि सवारी साधन कोड र सवारीसाधन नम्बर रहने छ ।

लुम्बिनी प्रदेश, श्राम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय मातहत रहेकाे यातायात कार्यालयले माघ १ गतेदेखि EVRS (अनलाईन सवारी दर्ता प्रणाली) लागू गरिसकेकाे छ । जसअन्तर्गत सेवाग्राहिले डिजिटल माध्यमबाट घरमै बसेर विभिन्न शीर्षकमा राजस्व बुझाउन सक्ने छन ।

सूचना अधिकृत मगरका अनुसार विद्युतिय प्रणालिबाट लुम्बिनी प्रदेशभरीका सवारी दर्ता, नामसारी तथा नविकरण गर्न मिल्ने ब्यवस्था मिलाईएकाे छ । उनले कार्यालयबाट प्रवाह हुने सेवा सुविधालाई चुस्त दुरूस्त बनाउँदै लाइसेन्स प्राप्तिकालागि  क्रमशः पहिलो दिन वायोम्याट्रीक, दोर्सो दिन लिखित र अर्को दिन ट्रायल दिने ब्यवस्था समेत मिलाइएको बताए ।

 

 

 

Nabintech