२३ बैशाख २०८१, आईतवार
मन्त्री केसीलाई राप्तीसोनारीमा भव्य स्वागत 


लुम्बिनी प्रदेश सहरी विकास मन्त्री माननीय कृष्णा केसी नमुना लाई राप्तीसोनारी ९ मा बिहीबार भव्य स्वागत गरिएको छ । मन्त्री केसीको पहलमा प्रदेश सरकारको सहयोगमा राप्तीसोनारी ९ स्थित गेरुवा नालामा निर्माण भैरहेको पुलको कामको अवलोकन तथा स्थानीयको भेटघाटमा स्थानीयवासीले पुल निर्माणका लागी पहल गरिदिएको भन्दै बाजागाजा सहित सम्मान तथा स्वागत गरेका हुन ।

बिहीवार नै मन्त्री नमुनाले सो वडामा जारी श्रृगारिक माहाआरती धार्मिक महोत्सवमा  एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँको चेक हस्तान्तरण गरेकी छिन । मन्त्री नमुना लाई  बाजागाजा सहित बैकटेश्वर मन्दिर परिक्रमा गराएको थियो ।

Nabintech