२६ बैशाख २०८१, बुधबार
मुख्यमन्त्री कोहलपुर गोल्डकपको फाइनल खेल आज


‘मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८०’ को उपाधिका लागि बुधबार (आज ) त्रिभुवन आर्मी क्लब र चर्च व्वाईज क्लब भिड्ने भएका छन् । कोहलपुरस्थित तेह्र विघा मैदानमा बुधबार फाइनल खेल हुदैछ । फाइनल खेल बुधबार दिउँसो २ः३० बजे सुरु हुने प्रतियोगिताका खेल संयोजक रामबहादुर मल्लले जानकारी दिए ।

फाइनल खेलको पुर्वसन्ध्यामा दुबै टिमले उपाधि जित्ने दावी गरेका छन् । आर्मीका कप्तान भरत खवासले मुख्यमन्त्री कोहलपुर गोल्डकप उपाधिका लागि आफ्नो टिम कडा रुपमा प्रस्तुत हुने बताए । आफ्नो टिममा दुई जना राष्ट्रिय र अन्य स्थानीय खेलाडी भएकाले उपाधि हात पार्नेमा आशावादी रहेको सुनाए ।

चर्च व्वाईजका कप्तान विकु राई पनि उपाधि हात पार्नेमा ढुक्क देखिन्छन् । आफ्नो टिममा युवा खेलाडी रहेको र सबै एउटै उमेर समूहका रहेको बताउँदै फाईनलमा सोचेजस्तो खेल प्रर्दशन हुने विश्वास गरे ।प्रतियोगिता अन्र्तगतका खेलमा त्रिभुवन आर्मीले दुधौली स्पोर्ट्स क्लब सिन्धुलीलाई ४/१ गोलले पराजित गर्दै फाइनल पुगेको थियो ।

यस्तै चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई ३ शुन्य गोलले पराजित गरेर फाइनल यात्रा निश्चित गरेको थियो । उक्त प्रतियोगितामा विभिन्न ८ वटा टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेताले नगद ८ लाख र उपविजेताले नगद ४ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।

Nabintech